२३ पुष २०७५, सोमबार

नयाँ दिल्ली । भारतमा खानी दुर्घटनामा परि दुईमजनाको मृत्यु भएको छ । अन्य १५ जना बेपत्ता भएका छन् । भारतको दुर्गम उत्तरपूर्वी इलाकामा रहेको एक खानी दुर्घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । मेघालय राज्यमा गैरकानूनी रुपमा सञ्चालन हुदै आएको यस खानीमा फसेका १५ व्यक्तिको सुरक्षित उद्धारको लागि गत तीन हप्तादेखि कोशिस जारी रहेको छ ।

मेघालय राज्यमा रहेको यस साँघुरो खानीमा फसेका मध्य दुई जनाको गत शुक्रबार खानीभित्र नै पत्थर लागेर मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV