२३ पुष २०७५, सोमबार

शान्तिराज राई,

ओखलढुंगा । ओखलढुंगा जिल्ला मानेभन्ज्याङ्ग गाउपलिका वडा नम्बर १ मोली निवासी ४० वर्षीय होमराज राई वैदिशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत हुदा हुदै दुवै मिर्गौला फेल भई अहिले ओम हस्पिटलमा हप्ताको २ पटक डाऐलिसिस गरिरहेका राईलाई आर्थिक सहयोग जुट्न थालेको छ।

राईको तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने तर राईको आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि युवा पत्रकार तथा समाजसेवी शान्तिराज राईको सयोजकत्वमा होमराज राई बचाऊ अभियान समिति निर्माण गरेर सहयोगको अपिलसहित सम्पूर्ण सहयोगी दाताहरु समक्ष अह्वान गरिएको थियो। समिति निर्माण संगै सहयोगी सस्था र सहयोगी मनहरु जोडिने क्रम जारी रहेको समितिका सदस्य मिलन राईले एसएम नेपाललाई जानकरी गराए।

त्यसै क्रममा वाम्बुले राईहरुको सर्वोच्च सस्ठा (वाम्बुले राई समाज नेपाल) वाम्रस नेपालले पनि रु ३१०२५ (एकतिस हजार पच्चिस रुपैया) सहयोग गरेको छ । उक्त संस्थाका कोषध्यक्ष सीताकुमारी राई र सह कोषध्यक्ष मोतीलाल राई सहितका वाम्रस नेपालका टिमले बिरामीलाई स्वस्थालभको कामना सहित हस्तान्तरण गरेका थिए।

सहयोगी मन भएकाहरुलाई निजको श्रीमती फुलमाया राई, मिलन राई र दीर्घराज राईको होमराज राई बचाऊ अभियानको सिद्धार्थ बैंकको खाता नम्बर २४१५२१४८६५ (जोरपाटी साखामा) जम्मा गरिदिन सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV