२३ पुष २०७५, सोमबार

ज्योति कुमार पन्थि,

बर्दिया । गुलरिया नगरपालिकाको कार्यालयले नगरपालिकाको नगर बस्तुगत बिवरण तयार गर्ने भएको छ । बर्दिया जिल्लाका आठ स्थानीय तह मध्येका नगर बस्तुगत बिवरण तयार गर्ने पहिलो स्थानीय तह बन्न गुलरिया नगरपालिका सफल भएको छ ।

गुलरिया नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सबै बस्तुगत बिवरणलाई समेटेर नगर बस्तुगत बिवरण सहितको प्रोफाईल तयार गर्न लागिएको गुलरिया नगरपालिकाका नगर मुक्तिनाथ यादवले बताए । नगर बस्तुगत बिवरण तयारी कार्यशाला गोष्टिमा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख यादवले नगरपालिकाको
आफ्नो बस्तुगत बिवरणसहितको प्रोफाईल नभएका कारण नगरपालिकाको काममा धेरै समस्या हुने गरेका कारण प्रोफाइल निर्माण गरेपछि गुलरिया नगरपालिकालाई बुझन र बुझाउन पनि सजिलो हुने भएकाले प्रोफाइल तयारी सुरु गरिएको बताए ।

नगर बस्तुगत बिवरण सहितको प्रोफाईल तयार गर्न प्रावबिधिक सहयोग उपलब्ध गराउने एसडीआईसी कठमाडौंले सोमबार आयोजना गरेको तयारी कक्षा कार्यशाला गोष्टिमा नगर कार्यपालिकाका सवै सदस्यहरूको उल्लेखनिय सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV