२३ पुष २०७५, सोमबार

बेझाड । रामपुरमा धारिलो हतियार हसियाँ प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ ।

रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा छप्काएर हत्या गरेका हुन् । 

आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झगडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घटनामा संलग्न मनोज थापालाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले बताए । 

प्रतिक्रिया दिनुहोस्

LIVE TV