२३ पुष २०७५, सोमबार

काठमाडौँ । मुलुकमा हरेक व्यक्तिको जीवन जिउने फरक तरिका हुन्छ । माव जीवन कोही ठूलो विल्डिङमा, सानो झुपडीमा र कोही सडकको पटिमा रात काटउने गर्छ । आफूसंग केही नभएपछि कतिखेर खाने , के लगाउने र कहाँ बास बस्ने भन्ने कुराको अत्तोपत्तो हुँदैन ।

मान्छे धेरै लोभि प्राणी पनि हो त्यसैले जति सम्पती भए पनि पुग्दैन र मानव जाती स्वार्थी पनि हुने हुँदा अरु सडकमा बेहाल भएको अवस्था भए पनि वेवास्ता गरिदिन्छ । तर सबै एउटै हुदैन केही अरुको जीवनलाई सहारा बनिदिने गर्छ जसले गर्दा वेसहाराले सहारा पाएका छन् । त्यो सहारा दिन मानवसेवा आश्रम हो । यो मानवसेवा माहानगरपालिकाको सहकार्यमा सञ्चालित रहेको छ । मानवसेवा आश्रम सामाखुशीले पुसको जाँडोमा कठेङ्ग्रिएका सडकमै रात विताउन विवश ४ जना वेसाहारालाई उद्दार गरी संरक्षण दिएको छ ।

आश्रमका अभियान्ताहरु, मनोरोग विशेषज्ञ डा. प्रदिप मानन्धर, स्थानिय जनप्रतिनिधिहरु, नेपाल प्रहरी लगाएतको सहभागीता रहेको उद्धार टोलीले राती ८ बजे सामाखुशीबाट सडकको अवस्था अध्ययन सुरु गरेको हो । करिब २० जना आश्रमका अभियान्ताहरुले गोंगबु, माछापोखरी, बालाजु, बसन्तपुर, नरदेवी, सोह्रखुट्टे, डल्लु, कालीमाटी, स्वयम्भु माहांकाल, रत्नपार्क , जमल क्षेत्रका करिब १०० जना खुला आकाशमुनी पेटीमै रात विताउने मानवहरुको अवस्था अध्ययन गरेको थियो ।

सडकमा रहेका मध्य अधिकांश दिनभर भारी बोक्ने, प्लाष्टिक टिप्ने र श्रमको सेवा गर्ने, तथा माग्ने पेशा बनाई बसेकाहरु बढी भेटीएको उद्दार टोली बताउछन् । आश्रमले सडकमा रहेकामध्ये वेसाहार २ जनालाई उद्दार गरी संरक्षण दिएको मानवसेवा उद्दार टोलीले जानकारी दिएको हो । नरदेवी किलागलबाट १ जना अन्दाजी ५५ बर्षीय अशक्त टलक बहादुर मगर र कालीमाटीबाट अन्दाजी ३० बर्षीय मनोरोगी युवालाई उद्धार गरिएको उनीहरुले बताए । मनोरोगी युवाको हालसम्म कुनैपनि परिचय खुल्न नसकेको उद्दार टोली जनाए ।

टोलीका अनुसार त्यस्तै ५ बजेदेखी ७ बजेसम्म भएको अवस्था अध्ययनको क्रममा पशुपति मन्दिर क्षेत्रबाट मानवसेवा आश्रमले दुई जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रमसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोषले मन्दिर परिषरलाई २०७४ चैत्र २० गते सहयोगापेक्षी मगन्ते रहित क्षेत्र घोषणा गरेको थियो । सो को कार्यान्वयनको लागि पनि आश्रम र विकास कोषले नियमित गस्ती गर्दै आइरहेको छ ।मानवेवा आश्रममा हाल आश्रममा स्थानको अभाव भएकोले समेत सबैलाई उद्धार गर्न कठिन भैरहेको मानसेवाले बताए ।

मानवसेवा आश्रमसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोषले मन्दिर परिषरलाई २०७४ चैत्र २० गते सहयोगापेक्षी मगन्ते रहित क्षेत्र घोषणा गरेको थियो । सो को कार्यान्वयनको लागि पनि आश्रम र विकास कोषले नियमित गस्ती गर्दै आइरहेको छ ।मानवेवा आश्रममा हाल आश्रममा स्थानको अभाव भएकोले समेत सबैलाई उद्धार गर्न कठिन भैरहेको मानसेवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV