२२ पुष २०७५, आईतवार

एजेन्सी । आकाशका तारा धर्तीमा झर्दा कस्तो देखिएला ? प्रकृतिको नियमलाई टक्कर दिने विश्वमा एउटा यस्तो ठाउँ छ, जहाँ जुनेली रातमा देखिने तारा धर्तीमा अवतरित हुने गर्दछन् । पत्याउनुभएन यो हेर्नुहोस् ।

समुन्द्रको देश र आईल्यान्ड माथिको शहर भनेर चिनिने देश माल्दिभ्स कयौ कारणले प्रख्यात छ । जसमध्ये माल्दिभ्सको समुद्री तट ‘सी अफ स्टार’ले प्रकृतिलाई मात दिंदै आएको छ । माल्दिभ्सको ‘सी अफ स्टार’ मा साँझ ढल्दै जादा आकाशका तारा धर्तीमा समाएको जस्तै देखिन्छ । ‘सी अफ स्टार’ ले त्यहाँ पुग्ने सबै पर्यटकलाई मनमोहक बनाउँदछ । तर यस पछाडीको रहस्य भने बिलकुल फरक छ ।

माल्दिभ्सको समुन्द्रमा लुमिनिसेन्स् नामको सुक्ष्म जीव पाईन्छ जसले पानीमा भएको अक्सिजसँगको सम्पर्कमा आउँदा एक प्रकारको रसायन निस्किने गर्दछ । र त्यही रसायन पानी र बालुवाको सम्पर्कमा आउादा तारा चम्किएको जस्तै चम्किने गर्दछ । जे भए पनि साच्चै यो स्थल निकै मनमोहक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV