२२ पुष २०७५, आईतवार

काठमाडौँ । सार्वजनिक बिदा थपिएको छ । सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो।

राष्ट्र निमार्ता पृथ्वी जयन्तीको बिदा पुस २७ गतेको दिनलाई भने कायम गर्न सकेको छैन । पछिल्लो समय विभिन्न चाडपर्व तथा सांस्कृतिकको विदा दिइएको छ । क्रिसमसम्मको विदा दिदाँ पृथ्वी जयन्तीको बिदा हुनुपथ्र्यो भन्ने अभियानहरु चलिरहेको छ । जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि सर्वजनिक विदा थप गरिएको हो ।

सरकारले पृथ्वी जयन्तीको दिन बिदा नदिएपछि राष्ट्र निर्माण गर्ने राष्ट्र निर्मातालाई भुलिएको हो की भन्ने प्रश्नहरु उब्जिएको छ ।नेपालको राष्ट्रियता कमजोर हुँदै गएको छ भन्ने पनि विभिन्न पक्षहरुबाट कुराहरु उठिरहेको छ । नेपालमा विभिन्न कोनबाट धर्मको बारेमा विवादहरु भईरहेको छ । पृथ्वी विचार अभियान्त भरत बस्नेतका अनुसार नेपालमा लगभग १२ हजार चर्चहरु छन र क्रिस्चियन धर्मको संख्या बढ्दै गएको उनीहरुले नै दावा गरेका छन् यहि क्रममा जाने हो भने नेपालको जनजातिको धर्म संकटमा पर्ने अवस्था रहेको छ ।

बस्नेत भने , ‘आदिवासीले कुरा गरेको धर्म र साँस्कृति सबै पृथ्वि नारायण साहले जोगाएको त्यसैले आम नेपालीले मान्नु पर्ने त पृथ्वी जयन्तीलाई हो न की क्रिसमस ।’ जसले नेपालको धर्म र संस्कृति जोगाए उसैमाथि जाइलाग्नु सबै भन्दा ठूलो दुर्भाग्य रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV