२२ पुष २०७५, आईतवार

काठमाडौं । अल्फा बिटा इन्स्टिच्युटले सेवा शुभारम्भको २८ औं वर्ष प्रवेश गरेको अवसरमा बाह्रौं शाखा सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँको लाजिम्पाट स्थित केन्द्र भवन त्रिशरा मलको दोस्रो तल्लामा भब्य कार्यक्रमकाबीच उद्घाटन गरिएको इन्स्टिच्युटका कार्यकारी अध्यक्ष द्विराज शर्माले बताए ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडको प्रमुख आथित्यतामा उद्घाटन गरिएको हो । साथै उक्त कार्यक्रममा न्यु साउथ वेल्सका लागि नेपालका महाबाणिज्यदूत दिपककुमार खड्का तथा आईडीपी आएल्सका कविर खड्गी लगायतका विशिष्ठ पाहुनाहरुको उपस्थिति थियो ।


समुद्घाटन पूर्वको औपचारिक कार्यक्रम भने अल्फा बिटा बाह्रौं सेन्टर नजिकै रहेको होटेल एम्बासडरमा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राजदूत पिटर बडले नेपाल र अष्टे«लियाबीचको मित्रता आउने दिनमा अझै प्रगाढ हुने आशा व्यक्त गर्दै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया प्रमुख रोजाई भएकोमा खुसी व्यक्त गरे ।

अल्फा बिटा इन्स्टिच्युट २८ औं वर्ष प्रवेश गरेको अवसरमा लाजिम्पाटमा बाह्रौं शाखा स्थापना

काठमाडौं । अल्फा बिटा इन्स्टिच्युटले सेवा शुभारम्भको २८ औं वर्ष प्रवेश गरेको अवसरमा बाह्रौं शाखा सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँको लाजिम्पाट स्थित केन्द्र भवन त्रिशरा मलको दोस्रो तल्लामा भब्य कार्यक्रमकाबीच उद्घाटन गरिएको इन्स्टिच्युटका कार्यकारी अध्यक्ष द्विराज शर्माले बताए ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडको प्रमुख आथित्यतामा उद्घाटन गरिएको हो । साथै उक्त कार्यक्रममा न्यु साउथ वेल्सका लागि नेपालका महाबाणिज्यदूत दिपककुमार खड्का तथा आईडीपी आएल्सका कविर खड्गी लगायतका विशिष्ठ पाहुनाहरुको उपस्थिति थियो ।


समुद्घाटन पूर्वको औपचारिक कार्यक्रम भने अल्फा बिटा बाह्रौं सेन्टर नजिकै रहेको होटेल एम्बासडरमा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राजदूत पिटर बडले नेपाल र अष्टे«लियाबीचको मित्रता आउने दिनमा अझै प्रगाढ हुने आशा व्यक्त गर्दै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया प्रमुख रोजाई भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा अल्फा बिटा इन्स्टिच्युटका कार्यकारी अध्यक्ष्य द्विराज शर्माले अल्फा बिटा इन्स्टिच्युटले प्रदान गर्दै आएको गुणस्तरीय सेवालाई अझ विस्तार गरिदै लैजाने र थप सुविधामुखी बनाइने प्रतिवद्धता व्यक्त गरे ।

साथै बाह्रौं सेन्टर शुभारम्भको अवसरमा विभिन्न टेस्ट प्रिपरेसन कक्षाहरुमा अल्फा बिटा इन्स्टिच्युट लाजिम्पाट सेन्टरमा ५० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गरिने पनि जानकारी दिईएको छ ।

विशिष्ठ अतिथिहरुको उपस्थितिमा भएको उक्त समुद्घाटन कार्यक्रम संगै अल्फा बिटा लाजिम्पाट सेन्टरमा इण्टरनेशनल एजुकेशन फेयरको पनि आयोजना गरिएको छ । उक्त फेयरमा अष्ट्रेलिया लगायत अन्य देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुले आफ्नो शैक्षिक कार्यक्रमका बारेमा विद्यार्थी हरुलाई परामर्श दिएका थिए ।

उच्च शिक्षा अध्ययनका लागि विश्वका विभिन्न देशमा जान चाहने विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुलाई प्रत्यक्ष रुपमा भेट्ने अवसर मिलेको अल्फा बिटा इन्स्टिच्युटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV