२२ पुष २०७५, आईतवार

प्रकाश सिग्देल, २२ पुष । उद्योग बाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकाद्धारा निर्माण गरिएको चितवन महोत्सवको फर्न पार्क नाम दिईएको बाल उद्यान बिवादमा तानिएको छ ।
महोत्सव आयोजकले महोत्सव परिसरमा राखेको बाल उद्यान सञ्चालनमा नीतिगत प्रक्रियामै खराबी रहेको र कमिशनको गन्ध आएको भन्दै निर्वतमान अध्यक्षसहित उद्योगी ब्यवसायीहरुले बिरोध जनाएका छन् ।

सम्झौता बिना बाल उद्यान निमार्णका लागि काम सुरु भईरहेको र टेण्डर आव्हान गर्दा न्यूनतम रकमनै उल्लेख नगरि ब्यवसायीले आफुखुसी रकम उल्लेख गर्न पाउने गरि टेण्डर आवहान भएको र त्यो पनि टेण्डर पारेको कम्पनीले नभइ अर्कै कम्पनीले सम्झौता बिनै त्यहाँ उद्यान निमार्णको काम गरिरहेको उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष राजन गौतमको आरोप छ ।

सम्झौता नै नभइ, टिकट दर फाईनल नभइ, वीमाका कुरा देखि अन्य कुनै पनि प्रक्रियागत तवरले गर्नु पर्ने कुनै काम नै नगरी सीधै बिगतमा काम गर्दै आएको भारतीय नागरिक अर्जुन चौधरीलाई पुनः दिईनु र त्यसका लागि आवश्यक प्रक्रिया आजका मिति सम्म पनि नहुनु आफैमा दुखद र कमिसन खाने चाल भएको आफुले महसुस गरेको गौतम बताउनु हुन्छ । यस अघिको महोत्सवमा बाल उद्यान राख्न नपाएको वहानामा उद्योग बाणिज्य संघकाबिरुद्ध मुद्धा हाल्ने यिनै चौधरीलाई पुनः ल्याएर फर्न पार्कका नाममा चलखेल गरिनु दुःखद भएको गौतम बताउनु हुन्छ ।

यस अघि राजन गौतम अध्यक्ष भएको बेला खेलका नाममा थौरै मात्र उद्योग बाणिज्य संघमा दाखिला भएको, कमिशन खानेहरुले अवसर पाएको र लाखौ रकम बिदेशिएको भन्दै बाल उद्यान हटाईएको थियो । जसको बिरोधमा चौधरी अदालत गएका थिए । तर उनी सफल हुन सकेन्न ।

अहिले फेरी तिनै चौधरीले बिभिन्न बहानामा आयोजक मण्डलका केहीलाई प्रलोभनमा पारेर पुन आफनो आधिपत्य जमाउन सफल भएका छन् । नारायणी नदीमा जल बिहारका लागि टेण्डर गर्दा न्यूनतम रकम उल्लेख गरिनु तर फर्न पार्क नाम दिईएको बाल उद्यान जस्तो करोडौ रकम आउने ठाउँको टेण्डर गर्दा न्यूनतम रकम नराखिनु नीतिगत तवरबाटै उनै चौधरीलाई टेण्डर दिने र कमिसन खाने डिजाइनले बोलपत्र आव्हान भएको ब्यवसायीहरुले दाबी गरेका छन् ।

यो टेण्डर प्रक्रियानै गलत भएको र अहिलेसम्म भएका प्रक्रिया सबै कानून तथा विधि विधान बिपरीत भएकाले टेण्डर खारेज गरी यो फर्न पार्क त्यहाँबाट हटाईनु पर्ने माग धेरैको छ ।
फर्न पार्क सञ्चालनको लागि आफुहरुले कानुन सम्मत निर्णय गरेको र बुटवलबाट चितवन सामान ल्याउदा ढिला भएकाले सम्झौता भने गर्न नसकिएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहन लाल प्रधानको प्रष्टोक्ति छ ।

आयोजक रहेको भरतपुर महानगरले भने न्यूनतम रकम उल्लेख नै नगरी टेण्डर आव्हान गर्न नमिल्ने र उद्योग बाणिज्य संघ चितवनको टिमलाई बोलाएर छलफल गर्ने बताएको छ । त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बोलपत्र आव्हान गर्दा न्यूनतम रकम उल्लेख हुनु पर्ने बताउनु भयो । महोत्सव यहि २५ देखि ५ गते सम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV