२२ पुष २०७५, आईतवार

काठमाडौँ, २२ पुष । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानमाथि लागेको निलम्बन फुकुवा हुने संकेत देखा परेको छ । विवाद पछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले लगाएको निलम्बन फुकुवा गर्न निलम्बित नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई विपक्षी बनाएर सर्बोच्च अदालतमा हालेको मुद्दा फिर्ता लिन निवेदन दिएको छ ।

आइसीसी स्वतन्त्र कमिटीको दुई साता अघि काठमाडौंमा बसेको वैठकमा निलम्बित संघलाई निलम्बन फुकुवा हुने विश्वास दिलाए पछि मुद्दा फिर्ता लिन सर्बोच्चमा निवेदन दिएको निलम्बित क्यानका पदाधिकारीहरुले बताइएका छन् ।

मुद्दा फिर्ता लिने संघको औपचारिक कदम पछि साढे दुई बर्षदेखि निलम्बित अवस्थामा रहेको क्यानको निलम्बन हट्ने सम्भवना बढेको छ । आगामी फ्रेब्रुअरीमा आइसीसीको बोर्ड बैठक र त्यही बैठकले निलम्बन फुकुवा गर्ने आशा गरिएको छ । क्यानमाथि निलम्बनपछि नेपाली क्रिकेटको सबै गतिविधि आइसीसीले आफ्नो नियन्त्रण र रेखदेखमा राखेको थियो ।

जस्ले क्रिकेटमा स्वाधीनता गुमेको महसुस नेपाली क्रिकेटप्रेमीहरुले गर्दै आएका थिए । क्यानमा दुई पक्ष उपस्थिति र अस्तित्व प्रबल बनेपछि २०७३ सालको वैशाखमा आइसीसीले क्यानलार्य निलम्बित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV