२२ पुष २०७५, आईतवार

काठमाडौँ । प्रभु बैंकले सात वर्ष पछि आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

बैंकको संचालक समिति बैठकले शेयरधनीलाई १० दशमलव दुई छ प्रतिशत लाभांश दिन लागेको हो । बैंकका अनुसार पाँच प्रतिशत बोनस शेयर र ५ दशमलव दुई छ प्रतिशत नगद लाभांश पाउनेछन् । खराब कर्जालाई उठाउँदै लगेका कारण बैंकले बिगत सात आर्थिक वर्षदेखि लाभांश वितरण गर्न सकेको थिएन् ।

चालु आर्थिक वर्षमा बैंकले आकर्षक लाभांश दिन सक्ने आकलन शेयरधनीको थियो । तर बैंकले १० प्रतिशत भन्दा केही बढि मात्र लाभांश दिएपछि भने शेयर बजारमा गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV