२२ पुष २०७५, आईतवार

काठमाडौं, २२ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको रोष्ट्रम घेराउ गरेको छ । संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पछि प्रश्नका लागि समय मागेको प्रतिपक्षीले समय नदिएपछि विरोध गरेको हो ।

सभामुख कृष्णबहादुर महराले केही सांसदलाई एक मिनेटको समय मात्रै उपलव्ध गराउनुभएको थियो । असन्तुष्ट सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV