२२ पुष २०७५, आईतवार
  • रामहरि श्रेष्ठ

ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ सोब्रुकी कल्पना कट्वाल १२ वर्षेदेखी श्रमानको खोजीमा छिन् । वैदेशीक रोजगारीको सिलसिलामा ०६१ सालमा कतार पुगेका श्रीमान डम्बर बहादुर कट्वाल हालसम्म घर फर्किएका छैनन् । लामो समयदेखी श्रीमान घर नर्फिकिएपछि परिवार बिचल्लीमा परेका छन् ।

विवाह गरेर पहिलो छोरी सात वर्ष र दास्रो छोरी पेटमा हुदाँ कतार गएका डम्बर बहादुर कट्वालको हालसम्म अत्तोपत्तो छैन । घरको दुख सम्झेर पहिले २०५८ सालमा वैदेशीक रोजगारीका लागि कट्वाल मलेसिया गएका थिए । त्यसपछि उनी २०६१ सालमा स्वदेश फर्किएर पुनः रोजगारीका लागि उनी कतार गएका हुन् । कतार पुगपछि पनि डेढ वर्षसम्म घर परिवारबीच कुराकानी हुने गरेको श्रीमती कल्पनाले बताकइन् । तर एकाएक आफु सिकिस्त बिरामी परेर सामुदायीक अस्पताल मिसनमा भर्ना हुदाँ श्रीमानसंग अन्तिम पटक कुरा गरेकी थिईन् । र त्यसपछि हालसम्म उनका श्रीमान सम्पर्कमा आएका छैनन् ।

काठमाण्डौ तिनकुने स्थित स्लेन्डीड जब सोलुसन प्राली मार्फत कतार गएका डम्बर बहादुरलाई कम्पनीले भने स्वदेश फर्किसकेको बताउने गरेको छ । श्रीमानकै खोजीका लागी श्रीमती कल्पनाले हालसम्म डेढ लाख रुपौया भन्दा बढी खर्च गरिसकेको बताईन् । उनले श्रीमनको खोजीका लागी काठमाण्डौ प्रहरीलाई समेत गुहारे तरपनि फेला पर्न सकेनन् । श्रीमानको खोजीकै लागि कल्पनाले जग्गाजमिन समेत सकाइसकेकी छन्।

‘अझैपनि उहाँ आउनुहुन्छ भन्ने आशामा छु ’उनले भने । ‘सबैतिर खोजीयो उहाँलाई खोज्दा लागेको ऋण समेत तिर्न सकेके छैन । ’ हाल कट्वालका सोभा कट्वाल १८ र सपना कट्वाल ११ वर्षका दुई छोरीहरु छन् । जेठी छोरी सोभा सगरमाथा जनता माबिमा कक्षा ११ मा अध्यनरत रहेकी छिन् । छोरी सपना भने सोब्रुकै एक बिद्यालयमा अध्यनरत छिन् । छोरी सोभाले ‘ बाबा हाम्रो लागि मरिसक्नुभयो,जुन बेला आवश्यकता थियो त्यो बेला बाबा नभएपछि अब किन चाहियो’रुदै भनिन् । सबैका घरमा चाडवाड आउदाँ आफ्नो घरमा भने सधै बाबाको सम्झनामा रुवावासी हुने गरेको शोभाले बताईन् ।

कान्छी छोरी सपनालाई त बुवाको अनुहार नै थाहा छैन । छिमेकी भिम कुमारी खत्रीले कप्पना परिवार बिचल्लीमा परेको बताए । घरव्यहार धान्ने मान्छे नहुदाँ कल्पना परिवार विजोग भएको उनले सुनाईन् । हाल दुई छोरीसंगै बस्दै आएकी कल्पना स्थानीय शन्तिसुर होटलमा भडाँ माझेर गुजारा चलाउदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV