२२ पुष २०७५, आईतवार

अमर काफ्ले,
इनरुवा । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक इनरुवा विरुद्ध नेपाल पुलिसले ३ सय ७४ रनको विशाल लक्ष पेश गरेको छ ।

इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ७३ रन जोडेको छ ।

पुलिसकालागि प्रेम तामाङले १ सय ३७ रनको शतकिय पारी खेलेका छन् । १ सय १९ बलको सामना गरेका तामाङले १६ चौका र ४ छक्काको सहयोग १ सय ३७ रन जोडे ।
त्यसैगरी टिमको उच्च स्कोर खडा गर्ने क्रममा पुलिसका अमित श्रेष्ठले ६९ रन बनाउँदा कुशल भुर्तेलले ७९ रनको पारी खेलेका छन् । पुलिसका सुनिल धमलाले टिमकालागि १४ रनमात्र जोड्न सके ।

२० रन अतिरिक्त दिएको शान्तिदीपले पुलिसका ८ खेलाडीलाई आउट पारेपनि उच्च योगफललाई रोक्न भने सकेन् ।

आयोजक शान्तिदीप इनरुवाका सोनु मण्डलले १० ओभर बलिङ गर्दै ८० रन दिएर पुलिसको ५ विकेट चटकाए । पुलिसका ब्याट्सम्यानले इनिङको अन्तिम १० ओभरमा आक्रामक ब्याटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV