२२ पुष २०७५, आईतवार

हिंसात्मक गतिविधि नियन्त्रण गर्न ब्राजिलको उत्तरी शहर फर्टलेजमा ३ सय भन्दा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सेनाले सिएरा राज्य आसपासका पसल, बैंक र बसहरुमा हुन सक्ने आक्रमण रोक्न गस्ति बढाएको छ । यसै साता भएको दर्जनौं आक्रमणपछि त्यहाँको न्याय मन्त्रालयले सुरक्षाकर्मी परिचालनको निर्देशन दिएको थियो ।

स्थानीय आपराधिक समूहको सक्रियता नियन्त्रण गर्न सुुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसका लागि स्थानीय कारगारमा कडा निगरानी गरिने ब्राजिल सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सुरक्षाकर्मीले कारागारमा मोवाइल फोन चलाउन कडाईं गर्नेछ ।

राष्ट्रपति जैर बोल्सोनारोको सपथ ग्रहणको केही दिनमै सुरक्षाकर्मी परिचालन भएका हुन् । उनले आफ्नो कार्यकालमा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV