२२ पुष २०७५, आईतवार

इंग्लिस फुटबल प्रतियोगिता एफए कपमा आर्सनल र चेल्सी चौथो चरणमा प्रवेश गरेका छन् ।

चेल्सीले नटिङ्घम फरेस्टलाई दुई–शून्य गोलले पराजित गरेको हो । यस्तै आर्सनलले ब्ल्याकपूललाई तीन–शून्य गोल अन्तरले पराजित ग¥यो । १९ वर्षीय स्ट्राइकर जोय विलकको दुई गोलको सहयोगमा आर्सनलले ब्ल्याकपूललाई उसकै मैदानमा हराएको हो । एरोन राम्सेको फ्रिकिक पोस्टमा लागेर रिबाउन्ड भएपछिको बल सदुपयोग गरी विलकले ११औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए ।

३७औं मिनेटमा उनैले दोस्रो गोल गरे । लिग वान क्लव ब्ल्याकपूलले खेल अवधिभर आर्सनललाई कुनै चुनौती दिन सकेन र खेलको अन्त्यतिर एलेक्स इवोबीले आर्सनलका लागि तेस्रो तथा निर्णायक गोल फर्काएका थिए । त्यस्तै इंग्लिस क्लबका लागि सम्भवतः अन्तिम खेल खेलेका सेस फेब्रिगास पेनाल्टीमा चुकेको खेलमा चेल्सीले नटिङघम फरेष्टलाई हरायो ।

फेब्रिगास जनवरी ट्रान्सफरमा थियरी हेनरीले प्रशिक्षण गरिरहेको मोनाकोमा अनुबन्ध हुने लगभग निश्चितजस्तै छ । नटिङ्घमका ड्यानी फक्सले चेल्सीका रुविन लोफ्टस चीकलाई फल गरेपछि पाएको पेनाल्टीमा फेब्रिगासको प्रहार गोलरक्षक लुक स्टिलले रोकेका थिए । तर दोस्रो हाफमा अल्भारो मोराटाले क्लोज रेन्जबाट दुई गोल गरेपछि चेल्सीले सहज जित पहिल्यायो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV