२१ पुष २०७५, शनिबार

काठमाडौं । ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा प्रहरीले अनुशन्धान थालेको छ ।

फरेन्सिक विज्ञसहित जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आश्रम परीशरमा खोजतलाश गर्दा ३ सय मीटरको दुरीमा ९ वटा नुनको प्याकेटका खोल भेटिएको सिन्धुपाल्चोक प्रहरीका प्रहरी नायव उपरीक्षक बिमलराज कँडेलले बताए ।

यससँगै आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका झन बढेको छ । मृत शरीरलाई छिटो गलाउन नुन प्रयोग गरीन्छ । खोल भेटिएको ठाँउमा मानव कंगाल भने भेटिएको छैन ।

सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए। सञ्चलालकाछोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन् ।

सञ्चलालको सोही आश्रममा हत्या गरी गाडिएको अनुमानका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बमजनका अर्का अनुयायी सुरेश आले पनि यही आश्रमबाट हराएका थिए । त्यसैगरी आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले खोजी थालेको हो ।

सबैभन्दा पहिले बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV