२१ पुष २०७५, शनिबार

तेह्रथुम । पर्यटन प्रवद्र्धनको उद्देश्यले धरानका केही युवा साईकलबाट तेह्रथुम पुगेका छन् । धरान उप–महानगरपालिकाको नीतिअनुरुप साहसिक खेल प्रवद्र्धन र पर्यटकीय स्थलको खोजीका लागि पहिचो चरणमा धरान–तेह्रथुम साइकल यात्रा गरिएको थियो ।

धरान उप–महानगरपालिकाको साहसिक खेल प्रवद्र्धन गर्ने नीतिअनुसार प्रदेश एकका पर्यकीय स्थलको खोजीका लागि पहिचो चरणमा केही युवाले धरान–तेह्रथुम साइकल यात्रा गरेका हुन् । युवा पुस्तालाई साईकलमार्फत पनि लामो दूरी तय गर्न सकिन्छ भन्ने सन्देश दिन पनि साइकल यात्रा गरिएको हो ।

सन् २०२० को भ्रमण वर्षका लागि आन्तरिक रुट पहिचान गर्न साइकल यात्रा फलदायी हुने ठानिएको छ । धरानबाट साईकल लिएर निस्किएको २ महिलासहित ८ जनाको समूह मध्यपहाडी लोकमार्ग हुँदै तेह्रथुम आइपुगेको हो । समूहले पाँचथर र भारतको सिक्सिमसम्म पुग्ने लक्ष्य लिएको छ । सिक्किमका मन्त्रीसँग पर्यटन वर्षबारे छलफल गरि ईलाम, झापा हुँदै ७ दिनमा धरानै फर्कने साइकल यात्रीको योजना छ ।

मनोरम दृश्यावलोकन, कला–संस्कृतिसँगको साक्षात्कार र भौगोलिक विविधताले पूर्वी पहाडी जिल्लाको साइकल यात्रा रोमाञ्चक हुन्छ । व्यस्त र बद्लिदो जीवन शैलीसँगै मानव स्वास्थ्यमा बढेको जोखिम न्यूनीकरणका लागि फलदायी हुने भएकाले साइकल यात्रामा आकर्षण पनि बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्

LIVE TV