२१ पुष २०७५, शनिबार

काठमाडौं , २१ पुष । धनगढी प्रिमियर लिग डीपीएलका लागि भएको खेलाडीको अक्सनमा ६ खेलाडीले महंगो मूल्य पाउन सफल भएका छन् । राष्ट्रिय टिम र केहि युवा खेलाडी महँगो मूल्यमा विक्रि भएका छन् । पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गर्दै आएका युवा खेलाडी पवन सर्राफ, भीम सार्की सर्वाधिक महँगो मुल्यमा पाउँदा १० खेलाडी महंगो मूल्य पाएका छन् ।

सर्वाधिक १० महँगा खेलाडीमा ४ रुपन्देही च्यालेन्जर्सले किनेको छ । डीपीएल आगामी माघ २६ देखि फागुन ११ गते सम्म धनगढीमा हुने भएको ।

जस्का लागि ६ खेलाडी २ लाख ५० हजारमा अनुबन्ध भएका छन् । मंहगो मूल्यमा दाम लगाइएका खेलाडीहरुमा ललितसिंह भण्डारी, रुपन्देही च्यालेन्जर्स, २ लाख ५० हजार, विनोद भण्डारी, रुपन्देही च्यालेन्जर्स, २ लाख ५० हजार, आरिफ शेख, महेन्द्रनगर युनाइटेट, २ लाख ५० हजार, ललितनारायण राजवंशी, काठमाडौं गोल्डेन्स, २ लाख ५० हजार, पवन सर्राफ, धनगढी स्टार्स, २ लाख ५० हजार, भीम सार्की रुपन्देही च्यालेन्जर्स, २ लाख ५० हजार, प्रदीप ऐरी रुपन्देही च्यालेन्जर्स, २ लाख ४० हजार, सन्दीप जोरा, सिवाईसी अत्तरिया,२ लाख ३० हजार, रोहित कुमार पौडेल,महेन्द्रनगर युनाइटेड,२ लाख ३० हजार, भुवन कार्की, सिवाईसी अत्तरिया,२ लाख १० हजार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV