२१ पुष २०७५, शनिबार

देवराज पन्त

मकवानपुर । २१ पुष । मकवानपुर उद्योग बाणिज्य संघको ५२ औं वार्षिक साधारणसभा आज हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा मकवानपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले एक बर्षको आयव्यय तथा कार्ययोजना र बार्षिक प्रतिबेदन प्रस्तुत गरेको महासचिव प्रमोदसिंह रानाभाटले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि खतिवडाले अहिलेको सरकारका लागि देश विकास गर्न पर्याप्त अवसर रहेकाले सरकारको विकास तथा समृद्धिको योजनामा व्यवसायीहरुले साथ दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । साधारण सभामा गैर आवासीय संघका अध्यक्ष भवन भट्ट, व्यवसायी अजय सुमार्गी, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, संघका पूर्व पदाधिकारी, जिल्लाका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लामो समय सम्म व्यवसायी गर्ने जिल्लाका उत्कृष्ट व्यवसायीहरुलाई सम्मान पनि गरिएको थियो । संघले आगामी फागुन १६ गतेबाट ‘विकास र पूर्वाधार उद्योग र व्यापार’ भन्ने मुल नाराको साथ व्यवसाय प्रवद्र्धनको निम्ति हेटौंडामा औद्योगिक महोत्सव गर्ने लक्ष्य लिएको संघका कार्यालय प्रमुख विवेक मानन्धरले बताएका छन् । २०२३ सालमा स्थापित संघमा मकवानपुरका करीब ३ हजार व्यवसायी सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV