२१ पुष २०७५, शनिबार
  • अमर काफ्ले

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा आजबाट सुरु भएको मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

इनरुवा खेल मैदानमा सम्पन्न खेलमा ३ सय १२ रनको लक्ष पछ्याएको प्रदेश नम्वर –२ लाई १ सय ९९ रनमा समेट्दै पुलिसले १ सय १२ रनको फराकिलो जित निकालेको छ । प्रदेश २ लाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशी र योगेन्द्र कार्कीले समान ३ – ३ विकेट चटकाए ।
प्रदेश नम्वर २ का लागि हरिशंकर साहले ५८ र समसुद सेखले २९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । टिमकालागि कप्तान महबुब आलमले १३ रन मात्रै जोड्न सके ।


प्रदेश नम्वर २ का लागि हरिशंकर साहले ५८ र समसुद सेखले २९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । टिमकालागि कप्तान महबुब आलमले १३ रन मात्रै जोड्न सके ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले जितकालागि प्रदेश नम्वर २ लाई ३ सय १२ रनको लक्ष दिएको थियो ।
निर्धारित ५० ओभर खेल्दै पुलिसले ९ विकेटको क्षतिमा ३ सय ११ रन जोडेको थियो । पुलिसका तीन ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए ।
पुलिसकालागि सुनिल धमलाले ७३ रन जोडे भने दिलिप नाथले ५९ रन बनाएका थिए । त्यसैगरी अमित श्रेष्ठले ४२ रन र योगेन्द्र कार्कीले २६ रनको पारी खेल्दा कुशल भुर्तेलले टिमकालागि नटआउट ५६ रन जोडे ।

वलिङ तर्फ प्रदेश नम्वर २ का रसिद खान र हरिशंकर साहले २–२ ले विकेट चटकाए । आजको खेलको म्यान अफ दी म्याच नेपाल पुलिसका सुनिल धमला घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल आयोजक इनरुवा र नेपाल पुलिसबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV