२१ पुष २०७५, शनिबार

कृष्ण कन्दङ्वा लिम्बु

काठमाडौं । पत्रकार रवि लामिछानेलाई समाजिक सञ्जालमा लोकप्रिय रहेका अर्का पत्रकार तथा सामाजिक अभियन्ता रमेश प्रसाईले बिवाह गर्न सुझाव दिएका छन् । रविले भर्खरै पत्नी इशासँग गरेको डिभोर्सका सम्बन्धमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

रविको समर्थन लिँदै सामाजिक सञ्जालमा प्रसाईले भने ‘तपाईको छोडपत्रको यत्रो हल्ला र कहाँनी बनिसकेपछि यदि तपाईमा हिम्मत, साहस र वास्तवमा प्रतिवाद गर्न चाहना छ भने तुरुन्त विवाह गर्नुहोस् किनकी तपाई कानूनीरुपमा पूर्णतय स्वतन्त्र हुनुहुन्छ ।’ यतिमा मात्र उनको भनाई भने रोकिएन बाजा बजाएर बिवाह गर्न सुझाव दिदै प्रसाईले अगाडि भनेका छन् ‘यदी तपाईको बिवाहमा पुग्न औकातले समयले साथ दिए म पनि विवाहमा आउँला यदि सकिन भने कोठामै एमपीथ्री बजाएर नाच्ने छु । ’


उनले पत्रकारिताको माध्यम मार्फत समाज सेवा र भ्रष्टाचार बिरुद्ध अभियानमा लागेका रविको डिभोर्सको सम्बन्धमा लेखेको स्टाटसलाई विभिन्न युट्युव र केही सञ्चार माध्यमले बंग्याएर गलत सन्देश दिने र नकारात्मक प्रकाशन, प्रशारण गरेकोप्रति पनि कडा अभिब्यक्ति दिएका छन् । तर सकारात्मक टिप्पणी गर्दै रविलाई सहयोग र सहनुभूति दिलाउनेलाई भने उनले धन्यवाद पनि दिएका छन् ।

रविकी पूर्व पत्नी इशालाई अरुले प्रयोग गरेकोसमेत आरोप समेत उनको छ। बढ्दो लोकप्रियतासंगै विरोधीहरुले लामिछानेलाई ढाल्ने प्रयास स्वरुप विगतलाई कोट्याएर षड्यन्त्र गरिएको तर यो सम्भव नभएको उनले टिप्पणी गरेका छन् ।
प्रसाईले इशालाई नामबाट लामिछाने थर हटाउन समेत आग्रह गरेका छन् । उनले रविको पुरुषार्थप्रति सम्मान गर्दै कुनै पनि कुरामा नहच्केर अघि बढ्न पनि सुझाव दिएका छन् ।

प्रसाईको जस्ताको तस्तै भनाई भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

LIVE TV