२१ पुष २०७५, शनिबार

काठमाडौं । भनिन्छ नै ऋण लागोस् तर रोग नलागोस । स्वास्थ्यप्रति सचेत रहनेहरुले रोगलाई जित्दै पनि आएका छन् । यस्का लागि शारीरिक अभ्यास, व्यायाम , योगा र खानपानमा विशेष ध्यान दिने गर्नु पर्छ । र, स्वास्थ्यप्रतिको यही सचेतनाले अहिले धेरैले आफ्नो शरीरलाई तन्दुरुस्त राख्न सफल पनि हुँदै आएका छन् ।

स्वास्थ्यमा व्यायामको प्रभाव गम्भीर मानिन्छ । यसले तपाईंलाई विभिन्न दायराबाट सुरक्षित गर्न सक्छ । हृदय रोग, टाइप २ मधुमेह र केही क्यान्सरहरू । तर व्यायामको प्रकार र शैली तपाईले उमेर अनुसार परिवर्तन गर्नुपर्छ । तपाईं आफ्नो उमेरको लागि सही प्रकारको व्यायाम गर्दै हुनुहुन्छ भनेर सुनिश्चित गर्न, यस सरल गाइडको पालना गर्नुहोस् ।

बाल्यकाल र किशोरावस्थामा

बाल्यकालमा गरिने व्यायाम सामान्य हुन्छन् । यस्ले शरीरको तौल नियन्त्रणमा सहयोग गर्दछ । स्वस्थ हड्डी निर्माणमा व्यायामको भुमिका प्रवल हुनुका साथै आत्मविश्वास बढाउने र मिठो निन्द्राका लागि महत्वपूर्ण प्रभाव पार्छ । बच्चाहरुलाई नियमित एक घण्टा व्यायाम गराउन सके उस्को जीवनमा सकारात्मक प्रभाव समेत पर्छ । बच्चाहरुलाई बिभिन्न खेलहरुमा समाहित गराउने गर्दा उनीहरु शारीरिक कौशलको पनि विकास हुन्छ । जस्मा पौडी, फुटबल , मार्सलआर्ट जस्ता खेलहरुमा प्रोत्साहन गराउन राम्रो मानिन्छ ।

व्यायाम गर्ने बानीलाई किशोरावस्थाको समयमा निरन्तर राख्न सक्नु पर्छ । विशेष गरी किशोरीहरुलाई झनै बढी प्रोत्साहित गरे धेरै सकारात्मक प्रभाव पर्छ । पर्याप्त व्यायामले एक स्वस्थ शरीर छविको निर्माण गर्नुका साथै तनाव र चिन्ता हटाउन महत्वपूर्ण भूमिका खेल्छ । यस्मा विशेषत समूहगत खेलहरुमा किशोर किशोरीहरुलाई प्रोत्साहित गर्नु राम्रो हुन्छ ।

तपाईको २० को दशकमा

मानिसहरुको २० को दशकलाई महत्वपूर्ण समय मानिन्छ । यस समयमा मानिसहरु पूर्ण भौतिक शिखरमा हुन्छन् । यो समयमा मानिसहरुले कठोर भन्दा कठोर व्यायाम गर्न पनि सक्षम मानिन्छन् । यस अवधिमा गरिने व्यायामले मानिसलाई लामो समयसम्म स्वस्थ्य राख्न मद्दत गर्ने विश्वास गरिन्छ । यस समयमा मानिसहरु छिटो रिसाउने , छिटो प्रतिक्रिया दिने र विना सोंच समझ कामहरु गर्ने हुँदा पनि व्यायामले नै शरीरलाई तन्दुरुस्त राख्ने हुँदा स्वस्थ्य मष्तिष्कको निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

लामो ट्रेकिङ, पहाड तथा हिमालको आरोहण , फुटबल , रग्बी , पौडी, ट्रायथोलन,साइक्लिङ जस्ता खेलहरु, योगा र नाँचगानले पनि युवाहरुमा सकारात्मक सञ्चारको निर्माण गर्दछ । यस समयमा नियमित व्यायामकर्ताले व्यायामका विज्ञहरुबाट थप परामर्श लिए झनै राम्रो हुने मानिन्छ ।

तपाईको ३० को दशकमा

क्यारियर र पारिवारिक जीवनको यो समयमा हरेक मोडहरुले तीब्रता लिने गर्दछ । त्यसैले पनि यो समयावधिमा गरिने व्यायामको भूमिका निकै महत्वपूर्ण मानिन्छ । जर्बजस्ती नभएर तालिका मिलाएर व्यायामहरु गर्दा शरीरलाई निकै फाइदा हुन्छ । कार्यालय विशाल र अग्ला भवनहरु छ भने लिफ्ट नभई सिढीको प्रयोग गर्ने , कार्यालयको कुर्सीमा बसिरहने नभई समय समयमा यताउता हिडडुल गर्ने , वाथरुमको प्रयोग गर्दा पनि अर्को फ्लोरमा रहेको वाथरुम प्रयोग गर्ने, फोनमा कुरा गर्दा उठेर अथवा हिडेर कुरा गर्ने , सकेसम्म नियमित विहान एक घण्टा पैदल हिड्ने गर्दा स्वास्थ्यलाई निकै फाइदा पु¥याउने गर्छ । यस अवधिमा साइक्लिङ गर्ने , स्प्रिण्टिङ गर्ने , योगा गर्नु पनि उचित मानिन्छ । महिलाहरुका लागि एरोबिक्स गर्ने , नाँच्ने सुझाव पनि दिइने गरिएको छ ।

तपाईको ४० को दशकमा

अधिकांश मानिसहरुलाई यही उमेरदेखि शारीरिक तौलमा विशेष ध्यान दिन सुझाव दिने गरिन्छ । खानेकुरा र विशेष गरि क्यालोरीमा ध्यान दिनु पर्ने उमेर पनि यही हो । तौल बढे पनि १ दशमलव ४ किलो भन्दा बढी हुन दिनु उचित मानिन्न । बढ्दो वजन घटाउन १ दशमलव आठ किलोग्राम सम्म भार उठाउने बानी बसाल्नु पनि सुझाव दिइएको छ । दौडने नभए तीब्र गतिमा हिड्ने , साइक्लिङ, , पौडी, योगाको नियमित अभ्यास जरुरी मानिन्छ । विशेष गरि बिभिन्न रोगले यही समयदेखि आक्रमण सुरु गर्ने, कम्मरको दुखाई , पिठ्युको दुखाई पनि यही दशकबाट सुरु हुने हुँदा रोगलाई प्रवेश गर्न नदिन व्यायामप्रति सचेतता देखाउनु अनिवार्य मानिन्छ ।

तपाईको ५० को दशकमा

यो दशकमा अस्वभाविक दुखाई र दर्दहरुले दुःख दिन सक्छन् । टाइप २ मधुमेह र हृदयरोग देखिन सक्ने दशक पनि यही समयलाई मानिन्छ । त्यसैले सकेसम्म हप्तामा दुई पटक कडा व्यायाम तथा शारीरिक अभ्यास अनिवार्य मानिन्छ । पर्याप्त मात्रामा छिटो हिड्ने , जस्ले श्वासप्रश्वास प्रक्रियालाई ठीकमा राख्न सकोस । पसिना जति बगायो त्यति नै शरीरलाई फाइदा पनि हुन्छ ।

खानपानमा ध्यान दिने , पर्याप्तमा मात्रामा पानी र रसिलो पदार्थ पिउने तथा योगामा नियमित ध्यान दिनु पनि उचित मानिन्छ । उमेर बढ्दै गर्दा क्यान्सरको जोखिम बढ्ने पनि उत्तिकै खतरा हुन्छ । यस दशकमा गरिने उच्च स्तरीय शारीरिक गतिविधिले स्तन क्यान्सर र अन्य क्यान्सर रोक्न मद्दत पुर्याउन सक्छ । जस्ले हृदय रोग र टाइप २ मधुमेहको विकासको खतरा पनि कम गर्छ । शारीरिक क्रियाकलापले उमेरको साथमा ल्याउने खतरालाई रोक्ने हुनाले शारीरिक सक्रियता नै मुख्य औषधि मानिन्छ । नृत्य र नृत्यको अन्य रूपहरूको प्रयोग गर्नु रमाइलो मानिन्छ । एरोबिक्स उत्तम अभ्यास मानिन्छ ।

तपाईको ६० को दशकमा

जुनसुकै उमेरमा पनि शारीरिक निष्क्रियता रोग निम्त्याउने कडी मानिन्छ । पैदल यात्रा यो उमेरमा पनि अचुक औषधि मानिन्छ । त्यसपछि कुराकानीमा रमाउने गर्नाले पनि शरीरमा अचम्मको स्फुर्ति ल्याउने गर्छ । यो उमेरमा मोबाइलमा अल्मलिनु उचित मानिन्न । एक्लै व्यायाम गर्ने हिड्ने गर्नु भन्दा पनि समूहमा कुराकानी गर्दै हिड्नु उचित मानिन्छ । शारीरिक तन्दुरुस्तीका लागि ध्यान र योगाको नियमित अभ्यास पनि अचुक सम्पत्ति हुन् । कसरी हुन्छ शरीरलाई उत्साहित राख्नु , फिजियोथेरापिष्टहरुको सुझाव अनुसारको अभ्यासलाई निरन्तरता दिन उचित मानिन्छ ।

तपाईको ७० को दशक र त्यसमाथि ….

परिवारका सदस्यहरुसंग बसेर कुराकानी गर्ने र वृद्धहरुको क्लबमा गएर रमाउने एवं सामान्य शारीरिक अभ्यास यो समयको अचुक औषधि हुन् । योगा र हल्का व्यायामलाई सकेसम्म नछुटाउनु उत्तम मानिन्छ । छोटो दुरीमा परिवारका सदस्य नभए दौतरीहरुसंग हिड्नुलाई पनि उचित ठानिन्छ । हिडाईलाई जीवनको उत्तम सन्देश नै मानिन्छ । त्यसैले शरीरले सकेको हिड्नुले फाइदा नै गराउछ ।

द कन्भरसेसनबाट

प्रतिक्रिया दिनुहोस्

LIVE TV