२१ पुष २०७५, शनिबार

कपिलवस्तु । तौलिहवास्थित नेत्र ज्योति सङ्घमा आँखाको मोतियाविन्दुको अप्रेसन गर्ने गाउँ-गाउँबाट आएका गरिब किसानहरूको लागि फोटो पत्रकार सङ्घ कपिलवस्तु शाखाले कम्मल सङ्कलन गरी नेत्र ज्यौती सङ्घलाई हस्तान्तरण गरेको छ । फोटो पत्रकार सङ्घका जिल्ला अध्यक्ष मनोज पौडेलले नेत्र ज्योति सङ्घका अध्यक्ष रमेश शर्मालाई हस्तान्तरण गरेका हुन् ।

सबैभन्दा बढी कम्मल भारत लखनउका विधान सभा सदस्य साधुशरण श्रीवास्तवलेबाट प्राप्त भएकाे थियाे । उनले ५० थान कम्मल दिएका थिए । त्यस्तै स्थानीय सशस्त्र प्रहरी, देवेश जयसवाल, राजु प्रसाद अर्याल, राम प्रसाद अर्याल लगायतले कम्मल फोटो पत्रकारसघंलाई हस्तान्तरण गरेका थिए ।

हालसम्म जम्मा भएका ७८ थान न्यानो कम्मल एक समारोहका बिच फोटो पत्रकार सङ्घ कपिलवस्तुले नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पताललाई हस्तान्तरण गरिसकेकाे छ ।

पत्रकार सँगै अन्य निकायहरूले पनि यस्ता सहयोग गरेमा गरिब विपन्न वर्गको उपचार र जीवन निर्वाहमा सहजता आउने शर्माले बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष गोपाल बहादुर सिंह, कपिलवस्तु नगरपालिका वडा नं २ का अध्यक्ष राम भजन कलवार वडा नं ३ का अध्यक्ष प्रकाश गैरे लगायतले पत्रकारले गरेको सहयोगको प्रशससा गरेका थिए ।

नेत्र ज्योति सङ्घका सचिव मनोज कुमार श्रीवास्तवको सञ्चालन फोटो पत्रकार सङ्घ कपिलवस्तुका अध्यक्ष मनोज पौडेलको अध्यक्षता र उपाध्यक्ष किरणमान वर्जाचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV