२१ पुष २०७५, शनिबार

तनहूँ । यहाँकाे भिमाद नगरपालिकाको नेवाः खलः राङरुङ ठुलोहट्टियाको आयोजनामा नेवाः देय् दवुको पहिलो नगरस्तरीय सम्मेलन सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिकाका उपमेयर शारदा खनाल नगरभित्र रहेका साँस्कृतिक धरोहरहरुको जगेर्ना र प्रवर्धन गर्न सके पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।

नेवाः खलः राङरुङ ठुलोहट्टियाका अध्यक्ष सुकिनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा राङरुङ नेवाः खलः बाट ऐतिहासिक तथा साँस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कलाकार चन्द्रमान र नहकुलको समुहले नेवाः महाकवि गिरिजाप्रसाद जोशीको नेवारी गित गाएका थिए भने कलाकार तिमिला महर्जनले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्देश्य पर्यटन प्रवर्धन गरी गाउँबाट बाहिरिएका युवालाई गाउँमा फर्कन उत्प्रेरणा जगाउने रहेको कार्यक्रमका संयोजक सूर्यकुमार श्रेष्ठले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राङरुङ ठुलो हट्टिया टोल बिकास संस्थाका अध्यक्ष अशोक सुन्दर श्रेष्ठले गरेका थिए भने कार्यक्रममा नेवाः भाषा विज्ञ मदनमुनि बज्राचार्य, नेवाः देय् दवु गण्डकी प्रदेश प्रमुख प्रकाशमान पालिखे, भिमाद नगर सल्लाहाकार काजिमान श्रेष्ठ, वडा अध्यक्षहरू बुध्दिमान श्रेष्ठ र ईमानसिं थापा, नेवाः साहितिक साँस्कृतिक पुचःका नाय राजु कपाली, नेवाः खलः पोखरिछापका अध्यक्ष प्रकाश श्रेष्ठलगायतले अफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV