२१ पुष २०७५, शनिबार
  • भगिश्वर लिम्बू

तेह्रथुम । पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ धरानका केही युवाहरु साइकलमार्फत तेह्रथुम आइपुगेका छन् । धरानदेखि साइकिलिङ्ग गर्दै उनीहरु तेह्रथुम आइपुगेका हुन् ।

पर्यटन प्रवर्द्धनका साथै साईकल मार्फत यात्रा पनि गर्न सकिन्छ भन्ने सन्देश युवा पिडिलाई दिनका लागि पनि यात्रा शुरु गरेको उनिहरुको भनाई । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष बनाउने भएकाले आन्तरिक पर्यटन प्रवद्धन गर्न रुट पहिचानका लागि पनि साइकल यात्रामा निस्किएको साइकल यात्री योगेश काफ्लेले बताउनुभयो ।

धरान उपमहानगरपालिकाले आफ्नो निति भित्र साईकिलिन, प्यारागाईडिङ्ग र रकक्लाईङ्ग जस्ता साहसिक खेललाई प्रवर्द्धन गर्ने निति लिएको छ । जसअनुसार प्रदेश नम्बर १ का पर्यटन स्थलहरुको खोजी गर्नका लागि पहिचो चरणमा साइकल यात्रामा निस्किएको धरान उपमहानगरपालिका पर्यटन सहसंयोजक किशोर थुलुङ्गले बताउनुभयो ।

साइकल यात्रा गर्दा मानव स्वास्थ्यका लागि एकदमै उपयोगी हुने, विशेषगरी मुटुलाई धेरै फाईदा पुग्ने गर्दछ । त्यसैले मध्य पहाडी मार्ग हुँदै तेह्रथुम, पाँचथर र भारतको सिक्सिमसम्म पुग्ने लक्ष्य लिएको सुनसरी साईकिलिङ संघका जिल्ला उपाध्यक्ष राजेन लिम्वुले बताउनुभयो ।

धरानबाट साइकल लिएर निस्किएको २ महिला सहित ८ जनाको समूह तेह्रथुमदेखि मध्यपहाडी लोकमार्ग हुँदै आठराई, पाँचथर, चियोभन्ज्याङ्ग हुदै भारतको सिकिम सम्म पुग्ने लिएको छ । सिकिम पुगेर त्यहाँका मुख्य मन्त्री सँग पर्यटन वर्षका बारेमा छलफल गरी ईलाम, झापा हुँदै ७ दिनमा धरानै आईपुग्ने यात्रा तय गरेको साईकिलिङ संघ सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV