२१ पुष २०७५, शनिबार

पाखो बारी भाडामा लिएर पठनपाठन गर्दै

  • प्रकाश सिग्देल

गोरखा । २०७२ बैशाख १२ गतेको भुकम्पमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको गोरखा अजिरकोट गाउँपालिमा ५ मुच्चोकको चतुर्माला माध्यामिक विद्यालय हालसम्म पनि दाताकै भरमा सन्चालनमा रहेको छ ।

भुकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि विद्यालयको भौतिक संरचना निमार्ण नहुँदा दाताले निर्माण गरेको कच्ची टहरा र दाताकै सहयोगमा प्राप्त फर्निचर तथा शैक्षिक सामग्रीको भरमा विद्यालयको पठनपाठन सन्चालन गर्नु परेको विद्यालयका प्राध्यानाध्यापक बुद्धिबहादुर बिकले बताउनुभयो । विद्यालयमा शैक्षिक विकास सम्बन्धी सेमिनार चलिरहेका बेला एक्कासि भूकम्प आएपछि ४ जना शिक्षकहरुको घटना स्थलमै मृत्यु भएको र आफूसहित १५ जना बढी घाईते भएको प्रअ बिक बताउनुहुन्छ ।

भूकम्पले विद्यालयको भौतिक संरचना र सबै सामाग्री पूर्णतया नष्ठ भएपछि मेड नेपाल नामक संस्थाले विद्यालयको पठनपाठन सन्चालनका लागी क्षैक्षिक सामग्री, फर्निचर, खेलकुदका सामग्रीदेखि कम्प्युटर फोटोकपी, प्रोजेक्टर, खानेपानीका लागी फिल्टर र विद्यार्थीका लागी ट्युसनसहित आवश्यक सबैखाले सामग्री सहयोग गरी विद्यालयको शैक्षिक निरन्तरतामा ठूलो गुन लगाएको प्रअ बिक बताउनुहुन्छ ।

विद्यालयका लागि हालसम्म पनि संस्थाले सहयोग जारी राखेको र करिव १० लाख बराबरको सहयोग आफूहरुलाई प्राप्त भएको उहाको भनाइ छ । त्यस्तै २४ कोठे भवन निमार्णका लागि पनि जाईकाले जग खन्ने काम सुरु गरेको उहाँले बताउनुभयो ।

विद्यालयका लागि हालसम्म पनि संस्थाले सहयोग जारी राखेको र करिव १० लाख बराबरको सहयोग आफूहरुलाई प्राप्त भएको उहाको भनाइ छ । त्यस्तै २४ कोठे भवन निमार्णका लागि पनि जाईकाले जग खन्ने काम सुरु गरेको उहाँले बताउनुभयो ।

विद्यालयको आफ्नै पर्याप्त जमिन नहुँदा भवन निमार्णमा पनि जग्गा अभाव भएको उहाँ बताउनुहुन्छ । आफ्नो विद्यालय भूकम्पपछाडि दाताकै भरमा धानिएको प्रअ बिकले बताउनुभयो । विद्यालयले पाखो बारी बार्षिक ४५ हजारमा भाडामा लिएर पठन पाठन सन्चालन गरिरहेको छ । विद्यालयमा ४०९ जना बिद्यार्थीले अध्यान गर्ने गरेको र सबै जसो बिद्यार्थी दलित र जनजाती समुदायका रहेको उहाले बताउनुभयो ।

चतुर्माला विद्यालयको शैक्षिक विकासका लागि सुरुका दिनदेखि नै संस्थाले निरन्तर रुपमा सहयोग गर्दै आएको मेड नेपालकी मुच्चोक रिजिलेन्स परियोजनाकी कार्यक्रम संयोजक सन्जु लामिछानेले बताउनु भयो ।

गाउँपालिकाको सबैजसो विद्यालयका भवनको पूर्ण क्षति भएको र विद्यालय तथा सामुदायीक भवनहरुको पनि निमार्णको काम विस्तारै अगाडि बढेको अजिरकोट गाउँपालिका अध्यक्ष फणीन्द्र धितालले बताउनुभयो । केही विद्यालयहरुलाई दाताले निमार्णको काम सुरु गरेको र अन्यको काम गाउँपालिकाले अगाडि बढाएको धिताल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV