२१ पुष २०७५, शनिबार

सुर्खेत । पीडितलाई न्याय दिलाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले साढे दुई वर्षअघि वीरेन्द्रनगरमा मुकाम कार्यालय स्थापना गरेर पीडितका उजुरी संकलन गरेको थियो ।

त्यसक्रममा कर्णालीबाट तत्कालीन विद्रोही र राज्य पक्षबाट पीडित भएको र न्याय पाउनुपर्ने भन्दै ११ हजार उजुरी दर्ता भए ।

तीमध्ये आयोगको सुर्खेतस्थित कार्यालयले पहिलो चरणमा एक हजार उजुरीमाथि छानबिन सुरु गरेको थियो । तर, एउटा उजुरीको पनि टुंगो लागेको छैन । बाँकी उजुरी आयोगको कार्यालयमै थन्किएका छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV