२१ पुष २०७५, शनिबार

काठमाडाैं । जयनगरदेखि कुर्थासम्मको रेलमार्ग निर्माण लगभग सम्पन्न भएको छ । रेल विभागले जयनगर–बर्दिवाससम्मको रेलमार्गअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेकाले रेलसेवा सञ्चालन हुने गरी तयारी अवस्थामा रहेको जनाएको छ ।

नेपाल सरकारले आफैँले रेल किन्ने घोषणा गरेकाले इन्जिन आउनेबित्तिकै नेपालीको रेल चढ्ने धोको पूरा हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले निर्माणका सबै काम पूर्ण भइसकेकाले उद्घाटनका लागि जनकपुर रेल्वे स्टेसनलाई मिथिला चित्रकलाले दुलहीझैँ सिँगारिएको जानकारी दिए । तर, जयनगरदेखि कुर्थासम्मको रेलमार्ग उद्घाटन कसले गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV