२० पुष २०७५, शुक्रबार

शरद आचार्य

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जगन्नाथ थपलियालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको छ । बिहीबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् मार्फत थपलियालाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको हो । जिल्लाको खैरहनी नगरपालिका वडा नं ८ स्थाई घर भएका थपलियाले व्यवस्थापन संकायमा स्नातकोत्तर सम्मको अध्यायन गरेका छन् ।

उनी तत्कालीन नेकपा एमाले चितवनका पूर्वअध्यक्ष साथै अनेरास्ववियूको केन्द्रीय सचिव, नेपाल कमर्स क्याम्पस मिनभवनको दुईपटक स्ववियू सभापति, होटल मजदूर युनियन केन्द्रीय समितिको संस्थापक संयोजकसमेत भएका थिए । मुख्यमन्त्री पौडेलको सल्लाहकारमा नियुक्त नियुक्तm भएपछि उहाँले नं ३ प्रदेशलाई विकासमा अग्रणी प्रदेशका रुपमा स्थापीत गर्ने प्रतिबद्धता जनाउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV