२० पुष २०७५, शुक्रबार

विनय तिम्सीना,

इलाम । देशभरका उद्योग ब्यवसायीको सहभागितामा इलाममा आजबाट लगानी सम्मेलन सुुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा इलामको गौतमसभा गृहमा सम्मेलनमो उद्घाटन भएको हो ।

जिल्लामा पर्यटन हाईडो कृषी लगायतका लगानीका प्रसस्त संभावना भएपछि अन्य क्षेत्रका लगानी कर्ता नभित्रिएको भन्दै लगानीको वातावरण बनाउन नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । लगानी सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी ब्यावसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उनले लगानीको वातारण र सुरक्षा सरकारले दिने आश्वासन उद्योगीलाई दिए ।

कार्यक्रमममा प्रधानमन्त्री ओलीलाई इलामनगरपालिकाले नागरिक अभिनन्दन गरेको छ । नगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रम र लगानी सम्मेलनको नेपाली कांग्रेसले एक पक्षीय रुपमा गरेको भन्दै बहिस्कार गरेको छ । उद्योगीहरुबीचमा लगानी सम्मेलनका बिषयमा आज र भोलि छलफल हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV