२० पुष २०७५, शुक्रबार

लमजुङ । लमजुङकै सबैभन्दा ठूलो फुटवल प्रतियोगिता त्रिवेणी कपको उपाधि घरेलु टिम त्रिवेणी युवा क्लबले हात पारेको छ । शुक्रबार भएको खेलमा सुन्दरबजार फुटबल क्लबलाई १–० को अन्तरले पछि पार्दै जित हात पारेको हो ।

खेलको पहिलो हाफमा त्रिवेणी युवा क्लबका १० नम्बर खेलाडी मेन्साहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ पुरा हुँदा समेत विपक्षी खेलाडीले गोल फर्काउन सकेनन् ।

प्रतियोगिताको विजेता टोली त्रिवेणी युवा क्लबले रु ३ लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेता सुन्दरबजार फुटबल टिमले रु १ लाख ५० हजार प्राप्त गरेको छ । त्यसैगरी सेमिफाइनलका उपविजेता दुई टिमले ५०–५० हजार पाएका छन् ।

खेल भरिमा सर्वाधिक गोल गर्दै त्रिवेणी युवा क्लबका मेन्साहले रु १५ हजार रुपौयाँ हात पारे । त्यस्तै उत्कृष्ट खेलाडी बनेका सुन्दर बजार फुटबल क्लवका गोल रक्षक वविन मल्लले पनि रु १५ हजार प्राप्त गरेका छन् ।

बिहीबार भएको खेलमा विजेता टोली त्रिवेणी युवा क्लवले एन्फा कास्की आरएसलाई हराउँदै फाइनलमा पुगेको थियो भने सुन्दरबजार फुटबल क्लबले बुद्ध युवा क्लव भोटे ओडारलाई पेनाल्टी सुटआउटमा पछि पार्दै फइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV