२० पुष २०७५, शुक्रबार

प्रकाश सिग्देल,

चितवन २० पुष । नेपाल बैक गीतानगर शाखाका कर्मचारीको चरम लापरवाहीका कारण गीतानगर निबासी खगराज पाठकको झण्डै करिव ६ तोला बढी सुन गाएव भएको छ । १ वर्ष अगाडि बैंकमा सुन राखेर १ लाख ४५ हजार नगद पैसा निकालेका पाठकको १ वर्ष पछाडि सुनको समयावधि थप गर्न जाँदा बैंकबाटै सुन हराएको हो । आफुले बुझदा त्यहाँका सुन कर्जाका कर्मचारीले आफनो खातामा रहेको सुन अर्कैको खातामा टान्सफर गरेको आफुले जानकारी पाएको पाठकले बताए ।

साथी सुनको ब्याज तिरे पुनः नवीकरण गर्न बैक गएको र सोही बेला साथीकै नाममा बैकका कर्मचारीले खाता खोली सो सुन उनकै खातामा टान्सफर गरेको हुनसक्ने आफुले शंका गरेको पाठकले बताए । आफुलाई बैकका कर्मचारीले सुन लगेको भनेर जवरजस्ती सही गर्नुस भनेर दवाव दिएको पाठक बताउनु हुन्छ ।

आफुले कुनै सही नगरेको र आफुलाई जानकारी बिना त्यत्रो सुन बैकबाटै हराउनु सुन कर्जाका कर्मचारी सुजन कोईराला र बैकको चरम लापरबाही भएको उहाँको भनाइ छ । यो बिषयमा बुझन सुन कर्जाका कर्मचारी सुजन कोईरालाको मोबाईल फोनमा कुरा गर्दा उनले अर्को साथीलाई फोन दिएका थिए । आफनो परिचय नबताएका ति साथीले भाईले नजानेर यस्तो गरेछ भन्दै गैर जिम्मेवार कुरा गरी आवश्यक कुरा बुझन परे अफिसमै आउनु भन्दै फोन राखेका थिए ।

सरकारी बैंकमा काम गर्ने यस्ता गैर जिम्मेवार काम गर्ने कर्मचारीका कारण सेवाग्राही मर्कामा पर्ने गरेका छन् । यस्ता कर्मचारीमाथि कारवाही हुनु पर्ने माग पाठकको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV