२० पुष २०७५, शुक्रबार

रामगोपाल तमखु

भक्तपुर, २० पुष । भक्तपुर नगरपालिकाले सल्लाघारीमा रहेको १ सय ८ रोपनी खुला जग्गामाथिको अतिक्रमण रोक्न पर्खाल लगाउने भएको छ । भक्तपुर नगारपालिका वडा नं. १ सल्लाघारीमा नेपाल ट्रष्टको नाममा रहेको १ सय ८ रोपनी जग्गा चारैतिरबाट अतिक्रमण र फोहर हुन थालेकोले सार्वजनिक सम्पत्ति संरक्षण गर्न लागिएको हो । सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व नगरपालिकाको भएकाले खुला जग्गामा पर्खाल लगाएर संरक्षण गर्न लागिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनु भयो ।

पर्खाल लगाउन नेपाल ट्रष्टलाई जानकारी गराईसकेको नगरपालिकाले जनाएको छ । ट्रष्टको नाममा रहेको यो जग्गामा ख्वोप बिश्वबिद्यालय बनाउन योजना नगरपालिकाको छ । अहिले संरक्षणका लागि पर्खाल निर्माण गर्ने आगामी दिनका विश्वविद्यालय स्थापनाका लागि नगरपालिकाले पहल गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV