२० पुष २०७५, शुक्रबार

चन्द्रकान्त जोशी’ कञ्चनपुर २० पुष । कञ्चनपुरका किसानले उत्पादन गरेको माछालाई भारतीय माछाले विस्थापन गर्दा स्थानीय चिन्तित बनेका छन् । कञ्चनपुरको वेलौरी नगरपालिकाका अधिकांश किसान कृषि पेसामा आवद्ध छन् । ति मध्ये वेलौरी नगरपालिका वडा नम्वर २ का शाबरन राना भने विगत २५ वर्षदेखि माछा पालन व्यवसायमा लागेका छन् ।

तरकारी खेती लगायत अन्नवाली भन्दा माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि वेलौरी २ का सोवरन राना माछा पालनमा लागेका हुन् । कमाई हुने सिजनमा भारतीय माछाको आयातले गर्दा आफ्नो व्यवसायमा घाटा हुने गरेको उनको गुनासो छ ।

यो वर्ष मात्रै वार्षिक ७० लाख लगानी गरेका उनले अहिलेसम्म ६५ लाखको माछा विक्री गरिसकेका छन् । तर पोखरीमा रहेको आधा जति माछा विक्री गर्न बाँकी छ । उनले लगानी उठ्नै गाह्रो भईरहेको भन्दै सरकारले माछा आयातलाई रोकेर स्वदेशी किसानलाई राहतको व्यवस्था गर्नुपर्ने बताए ।

रानाले रहु, नैनी, भाकुर, कमन, ग्रास, सिल्भर, विगेट, पङ्गास, रुपचन्द्र, र शहरमाछा गरी ११ पोखरीमा माछापालन गर्दै आएका छन् । तर नेपाली बजारमा भारतीय माछाले बजार पाईरहेका कारण उनको माछा विक्रि नहुने हो की भन्ने चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV