२० पुष २०७५, शुक्रबार

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नी श्रीमति इशासँगको लामो बैबाहिक सम्बन्ध टुंग्याएका छन् । सञ्चाकर्मी रविले केही अगाडि मात्रै आफ्नो श्रीमति इशासँग सम्बन्ध बिच्छेद गरेका हुन् । सञ्चारकर्मी रविले फेसबुकमा स्टाटस लेख्दै कानुनी रुपमै २५ वर्षको लामो बैबाहिक सम्बन्ध टुङ्ग्याएको जानकारी गराएका हुन् ।

यसरी इशासँगको २५ वर्षको लामो बैबाहिक सम्बन्धलाई अन्त्य गरिसकेपछि फेसबुकमा स्टाटस कोर्दै नचाँहदा नचाहँदै पनि आफ्नो ब्यक्तिगत कुरा गर्नु परेको उल्लेख गरेका छन् । रविका दुई छोरी छन्, जसको जिम्मा इशासँगको सम्बन्ध बिच्छेदपछि आफैले लिएको पनि बताएका छन् ।

यसरी वर्षैसम्मको मतभेद, अलग बसाई र बोलचालसमेत नभएपछि राजी खुसीले आफ्नो सबै अधिकार लिएर इशाले सम्बन्ध विच्छेद गरिसकेपछि आफू अन्ययमा परेको भन्दै रविको कर्तुत सार्वजनिक गर्नका लागि पत्रकारहरुलाई जानकारी गराएकी आरोप लगाउँदै रविले स्टाटसमा लेखेका छन्, ‘राजी खुसीले आफ्नो सारा अधिकार लिएर मसँग सम्बन्ध बिच्छेद गरेकी पूर्व पत्नीले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत सार्वजनिक गर्नुप¥यो भनेर केही पत्रकारलाई सम्झिछन् ।’

त्यसोत, आफ्नो पूर्व पत्नीलाई प्रयोग गरी आफ्नो वास्तविक रुप अर्कै हो भनि प्रमाणित गर्नका लागि दिनरात लाग्नेहरुलाई रविले पहिल्यै पनि समय खर्च गर्नु पर्दैन सीधै सोध्नुहोस्, म आफै सबै कुरा बताइदिन्छु भनेको कुरालाई पनि आफ्नो स्ृटाटसमा मेन्सन गरेका छन् । रविले यो कुरालाई स्टाटसमा लेख्दै भनेका छन्, ‘मलाई खोक्रो आदर्श र झुटो जिन्दगी बाँच्नु छैन, र म त्यति आदर्शवान मान्छे पनि होइन । अमेरिकामै हुँदा पनि म अलग बस्थेँ । सम्बन्ध सुधार गर्न मेरो बारम्बारको प्रयास असफल भएपछि म एक विदेशी प्रेमिसँग पनि बसेको थिए । ५, ७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरो सन्तानको प्रतिष्ठामा ठेस पु¥याउन चाहन्न ।’

विदेशी प्रेमिसँगको आफ्नो एउटा सन्तान भएको पनि रविले खुलासा गर्दै लेखेका छन्, ‘मान्छे दुनियाँसंग लड्न सक्छ, तर आफन्तसँग लड्न सक्दैन । अमेरिकामै रहँदा अलग बसेका हामी विगत १० वर्षदेखि नै अलग छौं । कारण र घटना एउटा होइन, अनेक छन् । जति छन्, ती अत्यन्तै लाज मर्दा छन् । ती विदेशी मुलकी पूर्व प्रेमिका र मेरोबीचमा एक सन्तान पनि छ । यत्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारान देखिको बल लगाउनै पर्दैन ।’

बाँकी कुरा सञ्चारकर्मी तथा ‘सीधाकुरा’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेको फेसबुक स्टाटस यस्तो छ जस्ताको तस्तैः



प्रतिक्रिया दिनुहोस्

LIVE TV