२० पुष २०७५, शुक्रबार

लमजुङ्ग। त्रिवेणी युवा क्लवको सेमीफइनलको सम्पुर्ण संस्करण पुरा भएको छ । घरेलु टिम त्रिवेणी युवा क्लव र सुन्दरबजार फुटबल क्लव फाइनलमा पुगेका छन ।

बिहिबार भएको खेलमा त्रिवेणी युवा क्लव र एन्फा कास्की आरएस बिच भएको खेलमा पहिलो हाफमा हुन सकेन । र दोस्रो हाफमा त्रिवेणी युवा क्लबका १० नम्बर खेलाडी मेन्साहले ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । र अतिरिक्त समयमा जर्सी नं. ११ का खेलाडी अनुप गरुङले अर्को गोल थप्दै २–० को अन्तर कायम गरेका थिए ।

त्यस्तै सेमिफाइनकै अर्को खेल सुन्दरबजार फुटबल क्लब र बुद्ध युवा क्लव भोटेओडार बिच भएको थियो । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत ४–३ को अन्तर निकाल्दै सुन्दरबजार फुटबल क्लबले फइनलमा आफ्नो स्थान जमाएको छ ।

सेमिफानल संस्करणको पहिलो खेलमा त्रिवेणी युवा क्लबका १० नम्बर खेलाडी मेन्साह म्यान अफ दि म्याच बनेका थिए । जसको ट्रफी र नगद (रु. २५००) पूर्व सांसद जमिन्द्रमान घलेले प्रदान गरेका थिए । त्यस्तै दोस्रो खेलमा सुन्दरबजार फुटवल क्लवका गोल रक्षक भविन मल्ल म्यान अफ दि म्याच बनेका थिए । जसको ट्रफी र नगद (रु. २५००) क्वहोलासोथर गाउँपालिकाका प्रमुख प्रेम घलेले प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV