२० पुष २०७५, शुक्रबार

इटलीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएका छन् ।

दक्षिण कोरियाली गुप्तचर निकायका अधिकारीले इटलीमा कार्यरत उत्तर कोरियाली राजदूत जो सोङ–गिल बेपत्ता भएको जनाएको हो । गुप्तचर निकायले राजदूत बेपत्ता भएको सार्वजनिक गरेपछि दक्षिण कोरियाले राजदुत एक महिनादेखि नै बेपत्ता भएको जनाएको छ ।

यसैबीच इटलीको विदेश मन्त्रालयले उत्तर कोरियाका उच्च कूटनीतिज्ञले शरण मागेकोबारे कुनै जानकारी नरहेको जनाएको छ । सन २०१६ मा थाए योंग हो ले आफ्नो पदबाट राजीनामा दिएका थिए र उनी आफ्नो परिवारसहित दक्षिण कोरिया गएका थिए । त्यसबेला थाए योंगको यो कदमलाई किम जोेंग र उनको शासनका विरुद्ध भनिएको थियो । ०००

प्रतिक्रिया दिनुहोस्

LIVE TV