२० पुष २०७५, शुक्रबार

काठमाडौँ । सतुङ्गलमा हिजाे बिहीबार साँझदेखि सल्किएकाे भीषण अागलागी अाज बिहान बल्ल नियन्त्रणमा अाएकाे छ । चन्द्रागिरि नगरपालिका–१६ स्थित सतुंगलमा रहेकाे ए कपास उद्योगबाट हिजाे बेलुका ७ बजेतिर अागलागी सुरू भएकाे थियाे ।

आगो आज बिहान ४ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । काठमाडौँ उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए ।

दीपक कपास उद्योगबाट साे आगो सल्किएर नजिकैकै आनन्द ट्रेड कन्सर्नमा समेत पसेका थियाे । साे कन्सर्नमा रहेको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो । थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV