१९ पुष २०७५, बिहीबार

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२२ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको ३२२ औं एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. ‘वाइडबडी’ खरिदमा ४ अर्ब बढी भ्रष्टचार ! बहाल वाला मन्त्री देखि २ पूर्व मन्त्री दोषी ?

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा ‘वाइडबडी’ जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेर भ्रष्टचारमा संलग्न देखिएका परदाधिकारीलाई कार्वाहीको सिफारिस गरेको छ ।

उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई दोषी ठहर गरेको छ । दुई पूर्व पर्यटनमन्त्री जीतेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ ।

२. अबैध गाडीमा सरकारी कार्यालयकै कर्मचारीले हाल्छन् नक्कली नम्बर प्लेट !

बारा । बाराको पथलैया स्थित राजश्व अनुशन्धान कार्यालयमा रहेका ३ वटा अबैध गाडीमा कार्यालयकै कर्मचारी एउटै नम्बर प्लेट हालेर चलारहेका छन् । बुधबार कार्यालय परीसरमा रहेका यी ३ वटै गाडीको नम्बर बा १२ च ६७९० नै छ ।

यो नम्बर पनि करिब एक बर्ष अघि अबैध चाँदीसहित बरामद भएको सुजुकी वाग्नर कारको नम्बर हो । र यही नम्बर अन्य २ वटा सवारीमा पनि प्रयोग गरिएको छ ।

३. नापी कार्यालयका कर्मचारीले घुस बापत लिएको २० हजार रुपैया फिर्ता गरे

चितवन । जिल्ला नापी कार्यालय भरतपुरका सर्बेक्षक राजेश कर्माचार्यले सेवाग्राहीबाट २० हजार नगद घुस लिएका छन् । उनले भरतपुर ९ शिब शंत्ति टोलकी ठाकुर कुमारी पौडेलको नाममा रहेको जग्गाको १ कित्ता काट गरे बापत सेवाग्राही बिष्णु पौडेलसँग ६० हजार घुस मागेपछि पौडेलले न्युज २४ टेलिभिजनका चितवन स्थीत टिभि जर्नलिष्ट प्रकाश सिग्देललाई लाई सम्पर्क गरेका थिए ।

४. सहकारी पीडितहरुलाई कसले दिन्छ न्याय ?

काठमाडौं । चल्तीको भन्दा चर्को व्याज दिने प्र्रलोभनमा ओरेन्टल सहकारीमा रकम जम्मा गरेका सयाँै सर्वसाधारणले अहिलेसम्म क्षतिपुर्ती वा आफ्नो रकम फिर्ता पाएका छैनन् ।

सहकारी सञ्चालक घर जग्गा व्यवसायी सुधीर बस्नेत ठगी मुद्धाबाट जेलबाट छुटिसके पनि निक्षेपकर्ताहरुले पैसा फिर्ता पाउने कुनै सुरसार छैन । ८ बर्षदेखि ठगीएको पैसा असुली गरीदिन सरकारी तथा गैरसरकारी निकाय दाइरहेको उनिहरुको पीडा अहिले पनि उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV