१९ पुष २०७५, बिहीबार
  • रिया भण्डारी,

काठमाडौं । सरकारले स्वास्थ्य सेवामा मूल्य अभिवृद्धिकर छुट हुने निर्णय गरेको छ । अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग नीति विश्लेषण महाशाखाले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई भ्याटमा अनिवार्य दर्ता हुन नपर्ने गरी छुट हुने निर्णय गरेको हो ।

स्वास्थ्य सेवामा मूल्य अभिवृद्धिकर छुट हुने निर्णय गरी सम्पूर्ण करदाता कार्यालयलाई परिपत्र गरिएको छ । यस्तै, स्वास्थ्यमा लगाइने करलाई सहजीकरण गराएर भविष्यमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकलाई वैज्ञानिक एवं सहज कर प्रणालीमा समावेश गर्न नेपाल चिकित्सक संघले अनुरोध गरेको छ ।

नेपाल चिकित्सक संघले अव्यावहारिक नियमका कारण बिरामीलाई मार परेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनुपर्ने नियम हटाउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV