१९ पुष २०७५, बिहीबार

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको सुरुवातसंगै नेपाली बजारमा चिनीयाँ कम्पनी अनरले आफ्ना मोबाइलहरुको विक्री वितरण सुरु गरेको छ ।

नेपालका लागि आधिकारीक विक्रेता रहेको क्रातोस टेक्नोलोजीले अनर ब्राण्डका मोबाइलहरु भित्र्याएको हो । क्रातोसले मोबाइल प्रयोगकर्ताहरुको माग अुनसारका मोबाइलहरु भित्र्याएको जनाएको छ । कम्पनीले डिजिटल युगको आवश्यकता अनुसार नै मोबाइलको गुणस्तर र मूल्य निर्धारण गरिएको दावी समेत गरेको छ ।

क्रातोस टेक्नोलोजीले अनर सेभेन एस, अनर सेभेन ए, अनर एट एक्स अनर प्ले नामका चार वटा मोबाइलका मोडलहरु उपभोक्तामाझ ल्याएको छ । क्रातोसले आफ्ना मोबाइल फोनहरुले ग्राहककोे आवस्यकतालाई पुरा गर्ने विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV