१९ पुष २०७५, बिहीबार

काठमाडौं । कुनै समय यो एसिया र युरोपलाई जोड्ने रेशमी मार्ग ‘सिल्क रोड’ थियो । जंगली सडककोरुपमा मानिएको यो सडकमा हिँउ चितुवादेखि जंगली जनावरको उपस्थिति पनि बाक्लो थियो र अझै छ पनि । मुलत कीर्गिस्तानदेखि ताजिकिस्तानबीचको १ हजार २ सय किलोमिटर लामो यो राजमार्ग साहसिक यात्रीहरुका लागि जहिले पनि महाकाय सडककोरुपमा चित्रित रहयो र रहदै आएको छ । विश्वकै सबैभन्दा जंगली सडक उपनाम दिइएको यो राजमार्गका विशेषता भने आफैमा विशिष्ठ नै छ ।

मध्य एशियाको जंगली सवारी

मुलतः कीर्गिस्तानको ओश शहर र ताजिकिस्तानको दुसानबे शहरलााई जोड्ने यो सडकको दूरी १ हजार २ सय किलोमिटर छ । पामिर राजमार्ग नामले चिनिने यो सडक विश्वकै सबैभन्दा जंगली र डरलाग्दो सडककोरुपमा पनि पनि परिचित छ । अविश्वसनीय झै लाग्ने यो राजमार्ग साहसिक यात्रीहरुका लागि भने सदैव चुनौती एवं रोमाञ्चक मानिदै आएको छ । उच्च रेगिस्तानका हिमाली पर्वतहरु हुँदै र ४ हजार मिटर भन्दा माथिबाट पार हुँदै यो राजमार्गमा सवारीहरु गुड्ने गर्छन । सडकमा मानिसहरु भन्दा बढी हिँउ चितुवा, लामो सिंह भएका जनावर एवं जंगली भेडाहरुको उपस्थिति देखिन्छ ।

संसारको छानो पार गर्दै गर्दा

७ हजार मिटर भन्दा माथिका छरिएका पहाडी पर्वतहरू, जो विश्वको छानो झै लाग्छन् । केवल हिमालय, काराकोरम र हिन्दु कुश जस्ता उचाइमा रहेका हिमाली र पहाडी पर्वतहरु छन् । अस्थिर इलाका, उच्च भूभागहरु र भूकम्पको निरन्तरको जोखिम र चट्टानी क्षेत्रहरू पार गर्नु पर्दछ राजमार्गमा । जसले पामिर राजमार्गलाई सबैभन्दा चुनौतीपूर्ण ड्राइभिङको सडक बनाएको छ । यी चरम अवस्थाहरूले मोटरसाइकलहरू, साइकल यात्रीहरू र रोमाञ्चकारीहरूलाई थप आकर्षित गर्ने गर्दछ । जस्ले चुनौतीपूर्ण जंगली जनावरहरुको सम्भावित आक्रमण र भयलाग्दो यात्रालाई सदैव हेक्का राखिरहनु पर्छ ।

युद्दका लागि पनि रोजिएको क्षेत्र

’ग्रेट गेम’ को समयमा यो क्षेत्र रूसद्वारा निर्मित गरिएको थियो । जुन सन् १९७० को मध्यमा ब्रिटिश र रूसी साम्राज्यहरुद्वारा मध्य एशियामा नियन्त्रणका लागि प्रतिष्पर्धा शुरू भएको थियो । मूख्यत रेशमी मार्ग ‘सिल्करोड’ को मुख्य मार्गको रुपमा पनि पहिला यसलाई प्रयोग गरिएको थियो । जस्ले एसिया र युरोपलाई व्यापारमा जोडेको थियो प्राचीन समयमा । यो राजमार्गमा पुरातन र मध्यकालीन समयका हिमाली किल्लाहरुको अवशेष पनि पाइन्छ जस्लाई व्यापारको रक्षाका लागि बनाइएको प्रमाणहरु प्रशस्त पाइन्छ । सन् १९०० मा सोभियतहरूले यो मार्गलाई धेरै सुधार गरेको मानिन्छ । तर यहाँ अझै पनि चट्टानी जोखिम, ग्याँसको खतरा उत्तिकै पाइन्छ ।

खोजी अफगानिस्तानको

अफगानिस्तान र ताजिकिस्तानलाई विभाजित गर्ने पञ्जा नदीको किनारबाट यो राजमार्गको यात्रा झनै डरलाग्दो मानिन्छ । मानव सिर्जित सबैभन्दा डरलाग्दो यो सडकले इस्लामिक ग्रामीण मुस्लिम बस्तीहरुहरुलाई पनि जोड्ने गर्दछ । कडा चट्टानहरुबीच घुमाउरो यो सडक सामान्य सडकमा सवारी गुडाउनेहरुका लागि असम्भव नै मानिन्छ । अफगानिस्तानमाथि आँखा पर्दा शक्ति राष्ट्रहरुले पनि यो सडकलाई आफ्नो अनुकुलमा प्रयोग गरेका थिए । जो अफगानिस्तानमाथि आफ्नो प्रभाव स्थायीरुपमा राख्न चाहन्थे ।

तलाउ र उँठहरु

आश्चर्यजनक दृश्यहरूको विविध विविधतासंगै यो राजमार्ग मध्य एशियाली शहरहरूबीचको सम्बन्धको सडक पनि हो । अदभूत दृश्यहरू जस्तै फिरोजिस झ्यालहरू, लोभलाग्दो तलाउहरु र अनेकौ प्रजातिका उँटहरु झण्डै साढे सात दिनको यात्रामा देखिन गर्छन । यशिकुलमा तलाउ, तातोपानीको एउटा ठूलो तलाउ र त्यस्मा आश्रित माछा र पंक्षीहरुको लोभलाग्दो दृश्यहरु पनि यात्रामा देख्न पाइन्छ । साहसिक यात्री एवं पर्यटकहरुलाई यी दृश्यहरु अविष्मरणीय लाग्ने गर्छन ।

आँखाबाट ओझेल नपर्ने पर्वतहरु

अफगानिस्तानबाट देखिने उचाईका पर्वतहरु जो सधैव हेरिरहँु जस्तो लाग्छन् । विज्ञानका लागि पनि चुनौती दिने यी अदभूत पर्वतहरुको रहस्य अझै पनि रहस्यमा नै छन् । अज्ञात र अप्रत्याशित लाग्ने यी पर्वतहरु प्राकृतिक वरदानको अभिन्न अंग झै ठडिरहेका छन् ।

यात्रा वेहोसीका लागि होइन

यो राजमार्गमा ध्यान दिनु पर्ने महत्वपूर्ण पक्ष के हो भने यहाँको यात्रा होस पु¥याउनेहरुका लागि मात्र हो , वेहोसीका लागि भने होइन । भूकम्पको निरन्तर आउने धक्का, कडा तथा चट्टानी भूभागहरु, निरन्तरको हिमपात, बाढीको त्रास र प्रायः खतरनाक सडकको अवस्थासंगै अत्याधिक तापक्रमका केही भूभागले पाइला पाइलामा चुनौतीहरु थप्ने गर्छन । यो सडकमा यात्रा गर्ने बहादुर मात्र नभइ सवारी साधन चलाउन असीमित क्षमता राख्ने र सवारीको बारेमा मेकानिक्स कौशल पनि राम्रो भएको हुन जरुरी छ ।

एक रोमाञ्चक खोज

यो सडकको खोजकर्ताहरुले कस्तो बाधा र व्यवधानहरु भोगे त्यो उनीहरुलाई नै थाहा होला । सपनामा पनि देख्न डरलाग्ने यो सडकमा मुश्किलले अर्को गाडी भेट्न सकिन्छ । अनेकौ बाधाहरु आइपर्ने यो सडकमा देखिने दृश्यहरु भने सुन्दर पनि उत्तिकै लाग्छन । यात्रामा तपाईले देख्नुहुनेछ संसारको सबैभन्दा सुन्दर दृश्यहरू र साहसका लागि जीवनभर विर्सन नसकिने यात्रा पनि ।

बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV