१९ पुष २०७५, बिहीबार

काठमाडौं । निर्देशक मिलन चाम्सको आगामी फिल्म ‘वीर विक्रम २’को पहिलो गीत रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्ममा समाबेश गरिएको ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत रिलिज गरिएको हो ।

करीब २३ लाखको बजेटमा बनेको ‘पिरतीको मिठो तिर्सना’ गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको आवाज रहेको छ । सार्वजनिक यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनको फिचरिङ रहेको छ । यस गीतमा कुसुम गजमेर र तुलसी घिमिरेको शब्द तथा रञ्जीत गजमेरको संगीत रहेको छ ।

 

भिडियोमा मिलन चाम्सको निर्देशन रहरेको छ, भने बनिश शाहले सम्पादन गरेका छन् । गीतको भिडियोलाई मुस्ताङको रमणिय दृश्यहरुमा छायाङ्कन गरिएको छ । २०१९ मै रिलिज हुँदै गरेको यो फिल्ममा पल, बर्षा, र नाजिरको साथमा बुद्धी तामाङ, देश भक्त खनाल, बिनिशा भण्डारी, विनोद सुदेबी खत्री, मनिष लिम्बु, सौरभ शाह, सन्तोष खान, मनोज केसी लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

 

फिल्ममा नवराज उप्रेतीको छायाङकन रहेको छ । फिल्मलाई प्रदीप भाद्वाजले लेखेका हुन् । फिल्मको सहायक निर्माताको रुपमा अर्पण सापकोटा रहेका छन्, भने फिल्मलाई मिलन चाम्सले निर्माण र निर्देशन आफैले गरेका हुन् । चाम्सले पल भन्दा अगाडि अकाश श्रेष्ठलाई फिल्ममा लिएका थिए । आकाश आउट भयो यस विषयमा बोल्दै फिल्म क्षत्रभित्र राजनीति हुने रहेछ भन्दै फिल्मबाट आकाश आउट भएको कारण खुलाए ।

आकाशको आमाले चाम्सलाई फोन गरेर हजुरबुवा सिकिस्त बिरामी भएको र समय दिन नसक्ने बताएपछि आकाश फिल्ममा नरहेकाे र पललाई भित्र्याएको बताए । चाम्सले आफूले कल्पना गरेको भन्दा बाहिराको खबरहरु ल्याउने र आफूमाथि भ्रमक समाचार लेख्नेहरुलाई भने ‘मैले त्यस्तो समाचार प्रचार गर्नेलाई सरापे’ ।

पत्रकारले पललाई स्क्रिप्ट राम्रो अथवा राम्रो ब्यानर भनेर यो फिल्ममा काम गरेको की अरु नै भन्ने प्रश्न गर्दा उनले  ब्यानर  र स्क्रिप्ट दुबै राम्रो र खा भनेर दिएपछि खाएकाे बताए। नायीका वर्षले जाँडोको मौसममा गीतको सुटिङ मुस्ताङमा गर्दा गह्रो हुने सोचकी तर सुटिङ गर्दा जाडोको भान नभएको बताइन् । दर्शको रुचि अनुसारको फिल्म बनाएको हुनाले फिल्म हलमा दर्शक पुग्दा निराश हुन नपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV