१९ पुष २०७५, बिहीबार
  • ज्योति कुमार पन्थि,

गुलरिया, १९ पुष । गुलरिया नगरपालिकाका उप प्रमुख शुशिला गिरीले नगरपालिकामा भएको न्यायिक समितिलाई वडा वडामा पुर¥याइने बताएकी छन् । गुलरिया नगरपालिकाले यस आर्थिक वर्षको १२ वटा वडामा न्यायिक समिति सम्बन्धि अन्तरक्रिया चलाउदै अब न्यायिक समितिलाई गाउँ गाउँ मा पु¥याएर जनचेतना जगाउने अभियानमा गुलरिया नगरपालिका लागेको बताइन् ।

न्यायिक समितिले गुलरिया नगरपालिकाको १२ वटा वडा सञ्चालन गरिने स्थानीय तहका पदाधिकारिरी तथा सरोकारवालाहरूका लागि १ दिने कानुनि साक्षरता कार्यक्रम को उद्घाटन गर्दै उप प्रमुख तथा न्यायिक समिति संयोजक गिरीले न्यायिक समितिलाई गाउँ गाउमा पु¥याउन सके नगरबासीले छिटो न्याय पाउने आशा समेत गरिन् ।

पछिल्लो समय नगरपालिकाले सुरू गरेको जानकारी मुलक कार्यक्रमले आफूहरूलाई न्यायिक समितिको बारेका बुझन सहज भएको ७ नं वडाका वडा अध्यक्ष गीता बस्नेतले बताइन् ।

गत वर्ष मात्र गुलरिया नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेपछि गुलरिया नगरपालिकाले न्यायिक समिति मार्फत वडा वडामा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV