१९ पुष २०७५, बिहीबार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो १३ औं वार्षिकउत्सवको अवसरमा गैर नाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई रु ५०,००० (अक्षेरुपी पचास हजार ) सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक नेपाल क्यान्सर सर्पोट ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठले ग्रहण गरेका थिए । नेपाल क्यान्सर सर्पोट ग्रुपले क्यान्सर पीडितलाई सकरात्मक सोचका साथ साधारण जीवन विताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV