१९ पुष २०७५, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १७ पुष । विश्व सिमसार क्षेत्र सुचिकृत जगदिशपुर तालका चरा असुरक्षित हुन थालेका छन् । साईबेरिया, रुस, चीन, मंगोलियामध्ये एशियाका तुर्केमिनिस्ता र किर्किस्तान लगायतका देशबाट चिसो छल्न यहाँ आउने चराहरु बढदो चोरी शिकारीका कारण असुरक्षित हुन थालेका छन् ।

सदरमुकाम तौलिहवादेखि करीब ११ किलोमीटर उत्तर कपिलवस्तु नगरपालिका वार्ड नं. ९ मा पर्र्ने तालमा समसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाईने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।

१ सय ५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । तर पछिल्लो समय तालमा रातिका समय बिषादी हालेर चरा मार्ने क्रममा बृद्धी भएको छ । आईतबार मात्रै फ्युराईन नामक बिषादीको सुई लगाईएका फटयाग्रा खादा तालमा मडुल र सिंह जुरे जातका २१ चरा मरेका छन् । तालमा सञ्चालित डुङ्गाको निगरानी गर्दै आएका स्थानीय मोहनलाल राजभरले आफुले दुरबिनले हेर्दा बिषादी खाएर चरा मरेको भेटे पछि सबैलाई खबर गरेको जनाए ।

बाणगंगा सिचाई प्रणालीको नहरहरुमा मर्मत सम्भार चलाउदा ताल सुकेर चोरी शिकारी बढदा तालका चरा लोप हुने खतरा बढेको स्थानीय जनार्दन बारीले बताए । तालमा हुने चोरी शिकारी रोक्न स्थानिय तह, स्थानीय प्रशासन र सरोकारवाला गम्भीर हुनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV