कर्णालीमा नयाँ-नयाँ कुष्ठरोगका बिरामी निरन्तर बढ्दै, यस्ताे छ तथ्यांक



प्रकाशित मिति : Jan 03, 2019
  • राजु कोइराला

सुर्खेत । कर्णाली प्रदेशमा हरेक वर्ष समान अनुपातमा नयाँ कुष्ठरोगका बिरामीहरु फेला पर्न थालेका छन् । आर्थिक वर्ष २०७०/०७१ मा ३६ जना कुठरोगका बिरामी फेला परे । जसमध्ये ३० जना कर्णाली प्रदेशका हुन् । यसैगरी २०७१/०७२ मा नयाँ आएका ५८ कुष्ठरोगीमध्ये ५२ जना कर्णालीका हुन् ।

२०७२/०७३ मा ६४ जनामध्ये ५३ जना कर्णालीका रहेका छन् । साथै २०७३/०७४ मा ७७ मध्ये ७१ जना, २०७४/०७५ मा ६० मध्ये ५६ जना र यस आर्थिक वर्षको मंसिर सम्ममा १० जना मध्ये ९ जना कर्णालीका नागरिक रहेका छन् ।

यस तथ्याङ्कका अनुसार २०७०/०७१ यता कुष्ठरोगीका नयाँ ३०५ बिरामीमध्ये २७१ जना बिरामी कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली प्रदेशमा कुष्ठरोग भएकाहरु उपचारका लागि आउन थालेका छन् ।

रोगको बारेमा जानकारीलगायतका जनचेतनात्मक कार्यक्रमहरुका कारण कुष्ठरोग भएकाहरु उपचारका लागि आउन थालेको वीरेन्द्रनगरमा रहेको साईनिङ्ग अस्पतालका व्यवस्थापक मंगल थारुले बताए ।

उनले भने, ‘हामीले कुष्ठरोगका वारेमा विद्यालय तथा चर्च जस्ता मानिसहरुको भेला हुने स्थानमा जानकारी दिदै आएका छनै । त्यसैले पनि रोगलाई नलुकाएर उपचारका लागि आउनेको संख्या बढेको हो ।’

विगत वर्षहरुको तुलनामा यस वर्ष कुष्ठरोग भएका नयाँ नागरिकहरु कम भेटिए तापनि अन्य वर्षझैँ नागरिकहरु रोगको उपचारका लागि आएको उनले बताए । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा कुष्ठरोग प्रभावित तथा अपाङ्ग भएका व्यक्तिहरुको समुह निर्माण तथा छलफलले पनि नागरिकहरु कुष्ठरोगको उपचारका लागि खुल्न थालेको व्यवस्थापक थारुकाे भनाइ छ ।

सुर्खेतको वीरेन्द्रनगरमा कुष्ठरोगको उपचारका लागि सञ्चालित साईनिङ्ग अस्पताल

उनले भने, ‘नयाँ कुष्ठरोगीहरुको पहिचान तथा उपचारका लागि स्वास्थ्य स्वयंसेवीहरुलाई सहयोग तथा तालिमको आयोजना समेत गरिरहेका छौ ।’

यस्ताे छ तथ्यांक

कर्णाली प्रदेशमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगी फेला परेको जिल्ला सुर्खेत रहेको छ । सुर्खेतमा २०७०/०७१ मा ९ जना, २०७१/०७२ मा २४ जना, २०७२/०७३ मा २७ जना, २०७३/०७४ मा २७ जना, २०७४/०७५ मा २३ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म थप ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् ।

दैलेखमा २०७०/०७१ मा ७ जना, २०७१/०७२ मा १२ जना, २०७२/०७३ मा ८ जना, २०७३/०७४ मा १२ जना, २०७४/०७५ मा ६ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् ।
जाजरकोटमा २०७०/०७१ मा ७ जना, २०७१/०७२ मा ७ जना, २०७२/०७३ मा ७ जना, २०७३/०७४ मा २१ जना, २०७४/०७५ मा ११ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् ।

सल्यानमा २०७०/०७१ मा १ जना, २०७१/०७२ मा ३ जना, २०७३/०७४ मा २ जना, २०७४/०७५ मा ५ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । रुकुममा २०७०/०७१ मा २ जना, २०७३/०७४ मा ३ जना, २०७४/०७५ मा ३ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । जुम्लामा २०७०/०७१ मा १ जना, २०७१/०७२ मा १ जना, २०७२/०७३ मा १ जना, २०७३/०७४ मा २ जना, २०७४/०७५ मा ३ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् ।

यसैगरी हुम्लामा २०७०/०७१ मा २ जना र २०७४/०७५ मा ३ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । डोल्पामा २०७२/०७३ मा २ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । मुगुमा २०७३/०७४ मा १ जना र २०७४/०७५ मा १ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । कालिकोटमा २०७०/०७१ मा १ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ३ जना, २०७३/०७४ मा ३ जना, २०७४/०७५ मा १ जना र चालु आर्थिक वर्ष २०७५/०७६ को मंसिर महिनासम्म १ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेको साइनिङ्ग अस्पतालका व्यवस्थापक मंगल थारुले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com