१९ पुष २०७५, बिहीबार

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले जब प्रशिक्षकबाट जोसे मोरिन्होलाई बर्खास्त गर्यो, त्यसपछिका खेलमा उसले आश्चर्यजनक नतिजा हात पारेको छ । क्लबका पूर्व स्ट्राइकर ओल गुनार सोल्सकेएरलाई अन्तरिमकालका लागि प्रशिक्षमा नियुक्त गरपछि युनाइटेडले लगातार जित निकाल्दै आएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा युनाइटेडले न्युक्यासललाई हराएर लगातार चौथो जित हात पारेको छ । ओलको प्रशिक्षणले म्यानचेष्टर चम्किएको भन्दै उसका प्रशंसकहरूमा खुसी छाएको छ ।

म्यानचेस्टर युनाइटेडले न्युक्यास्टल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ६४ औं मिनेटमा म्यान्चेस्टरका रोमेलु लुकाकुले गोल गर्दै अग्रता दिलाए ।

यसैगरी खेलको ८० औं मिनेटमा मार्कस राष्फोर्डले म्यानचेस्टरका लागि अर्को गोल गर्दै दुइ–शून्य अन्तरले जित दिलाउन सफल भए । यसरी लगातार चार खेलमा जित निकाल्न सफल अन्तरिम प्रशिक्षक ओलले क्लबमा कीर्तिमान नै बनाएका छन् । यसअघि सन् १९४६ मा सर म्याट बसबीको प्रशिक्षण कालमा पनि म्यानचेष्टरले लगातार ४ खेलमा क्लबलाई जिताएर कीर्तिमान बनाएका थिए ।

Image result for ole gunnar solskjaer

जितसँगै लिगको छैटौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २१ खेलबाट ३८ अंक बनाएको छ । पराजित न्युक्यास्टलको भने २१ खेलबाट १८ अंक रहेको छ । न्युक्यासल १५ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV