१८ पुष २०७५, बुधबार

काठमाडौं । विद्युतीय रेल मार्गको अवधारणामा छलफल सुरु भएको छ । सरकारले रक्सौल–काठमाडौं रेलमार्गलाई विद्युतीय रेल मार्ग बनाउने गरी छलफल सुरु गरेको छ । नेपालमा निर्माणधिन रेलमार्गहरु ब्रोडगेज मोडेलमा निर्माण भएका छन् । तर, रक्सौल–काठमाडौं रेलमार्ग भने विद्युतीय रेल मार्गका रुपमा बनाइने भएको छ ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा ब्रोडगेज मोडलमा सम्भाव्यता अध्ययन चलिरहेका बेला सरकारले अवधारणा फेर्ने तयारी गरेको छ । रक्सौल काठमाडौं रेलमार्ग विद्युतीय बनाउने योजना सहित रुट नै परिवर्तन गरिएको छ । अब १ सय १३ किलोमिटर रक्सौल काठमाडौं रेलमार्ग योजना रक्सौल वीरगञ्ज जीतपुरबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ जोड्ने बताइएको छ ।

ब्रोडगेज मोडलमा भारतले केही महिनाभित्रै सम्भाव्यता अध्ययन बुझाउने तयारी गरेको छ । तर, यसमा खासै प्रभाव नपर्ने भन्दै रुट परिवर्तन गर्न खोजिएको छ । भारत चीन जोड्ने त्रिदेशिय रेलमार्ग जोड्न ब्रोडगेजभन्दा स्ट्यान्र्ड विद्युतीय रेलमार्ग भएको सरकारी निष्कर्ष छ । त्यसैले यसबारे भारतसँग औपचारिक छलफल गर्ने सरकारी तयारी रहेको छ ।

गत भदौमा रक्सौल हुँदै वीरगञ्ज र काठमाडौं प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइन सम्बन्धी नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको थियो । तर, अब उक्त रेलमार्गमा विद्युतिय बनाउने योजना पछि मन्त्रालयले अघि बढाएको छ । उक्त रेलमार्गको सम्भाव्यता अध्ययनका लागि रेल विभागले २०७३ सालमा नै ग्लोबल टेन्डर आह्वान गरेको थियो । तर, पछि भारत आफ्नै आर्थिक र प्राविधिक सहयोगमा नै सम्भाव्यता अध्ययन गर्ने सहमत भएपछि रेल विभागले सो टेन्डर रद्द गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV